Comments Add Comment

केन्द्रले प्रदेश मन्त्रीहरुलाई पठायो थोत्रा गाडी !

९ फागुन, हेटौंडा । प्रदेशका सरकारका लागि बा १ झ ६१०५ नम्बरको बेलेरो गाडी हेटौंडा आइपुगेको छ । तर, सिन्धुलीबाट पठाइएको गाडीको न स्टेरिङ चल्छ, न तीन नम्वर गियर । दोलखाबाट आएको टोयोटा गाडीको पनि त्यस्तै छ ।

प्रदेश सरकार बनेपछि केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा १६ वटा गाडी हेटौंडा आइपुगेका छन् ।

मन्त्रालय तथा क्षेत्रीय कार्यालयहरुले आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई दिन मानेको छैन । बरु, जिल्ला-जिल्लालाई प्रदेश राजधानीमा पठाउन भनेको छ ।

तर, प्रदेश सरकारका लागि आएका अधिकांश गाडी निकै पुराना भएका कारण चढेर हिड्न गाह्रो भएको छ ।

धेरै गाडी २५ देखि ३५ बर्ष पुराना रहेको मुख्यमन्त्री कार्यालयका सचिव रमेश सिवाकोटीले बताए । उनले भने, सिन्धुलीबाट आएको बोलेरो र दोलखाबाट आएको टोयोटा गाडी फर्काउँदैछौं ।’

१६ मध्ये मर्मतसम्भार गरेर चलाउन सकिने ८ वटा गाडी सभामुख, उपसभुख, मन्त्री र सचिवलाई दिइएको छ ।

जबकी सभामुख, उपसभामुख, ७ मन्त्री, ११ सचिवका लागि २० वटा गाडी आवश्यक देखिएको छ । बाँकी गाडी जुटाउन समस्या परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले बताए । उनले अघि भने, ‘उपयुक्त गाडी आएका छैनन् । सबै मर्मत गर्नु पर्ने छन् तर, बजेट छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment