Comments Add Comment

पूर्वी नाकाबाट विषादियुक्त खाद्यवस्तु आयातमा रोक लगाउने तयारी

९ फागुन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने विषादियुक्त खाद्यवस्तु प्रवेशमा रोक लगाउने तयारी भएको छ ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले पूर्वी नाकाबाट प्रवेश गरेका विषादियुक्त खाद्यवस्तुले नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुर्याएकोले रोक लगाउने तयारी गरेको जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाको अनुगमनमा प्रमुख आचार्यले भारतबाट भित्रिने खाद्यवस्तु आफ्नै क्षेत्रबाट देशका विभिन्न भागमा पुगिरहेको जानकारी गराउँदै आफ्नो क्षेत्रबाट विषादियुक्त खाद्यवस्तु प्रवेश गर्न दिएर नेपालीलाई रोगी नबनाउने बताए ।

उनले भने, ‘हाम्रो स्थानीय सरकारको माटोबाट विषादी ल्याउन दिन्न ।’

प्रमुख आचार्यले सबै वस्तुको परिक्षण गरेर मात्र आयात हुन दिने बताएका छन् । उनले परिक्षण गर्ने निकायसँग स्थानीय सरकारले पनि सहकार्य गरेर केहि समयमै परिक्षण शुरु गरेर नागरिकको स्वास्थ्य सुरक्षा गर्ने बताए ।

मेरो क्षेत्रबाट विष छिराउन दिन्न ,प्रमुख आचार्यले भने । देशभरका सबै बजारसम्म विषदियुक्त खाद्यवस्तु पुगेकाले अबका दिनमा सचेतना अपनाइने बताइएको छ ।

गत माघ २१ गतेदेखि जिल्लाभर स्थानीय सरकारको अनुगमन गर्ने कार्य भइरहेको समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनले स्थानीय सरकार सञ्चालनमा यो अभियानले सहजीकरण गर्ने बताए । स्थानीय सरकारले गरिरहेको कामको अनुगमन र समस्याका बारेमा छलफल गरिदैँ आएको पोर्तेलको भनाइ छ ।

समन्वय समितिले केही सूचक तयार गरेर अनुगमन गरिरहेको छ । मेचीनगरपालिकामा कर्मचारीको अभाव भएकाले जनतालाई सेवा प्रवाह गर्न असुविधा भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त वस्तीले जानकारी दिए ।

उनले नगरसभाले गरेका निर्णय अनुसार काम कारवाही अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment