Comments Add Comment

बुधबारका टप १० समाचारः तपाईंले छुटाउनु भयो कि ?

आज बुधबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो ।

२. यसरी भयो मनोज पुन र सोम आलेको इन्काउन्टर

बिहान करिब ३ बजे प्रहरीले देवदह नगरपालिका–४, भवानीपुरमा प्रहरी र पुनबीच इन्काउन्टर भएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त अपरेसनमा पुन र आले मारिए ।

३. डा. गोविन्द केसीकै तीन जन्ममिति ! स्वीकारे गल्ती

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो ।

४ मन्त्री माग्दै खुमलटार पुगेका नेतालाई प्रचण्डले फर्काए

बुधबार बिहानै ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादी नेताहरुको भीड जम्मा भयो । आजै मन्त्रिपरिषद विस्तार हुन लागेको समाचार पत्रपत्रिकामा पढेपछि माओवादी नेताहरु आफूलाई मन्त्री बनाउनुपर्ने माग दाबीसहित प्रचण्डनिवास पुगेका थिए ।

५. चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे

पछिल्लो चार वर्षको अवधिमा कुख्यात डाँकादेखि लिएर भारतीय अन्डरवर्ल्डसम्ममा पुहँच बनाएका गुन्डा नाइकेसम्म प्रहरी इन्काउन्टरमा परेका छन् ।प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गुन्डादेखि लिएर कारागारबाट भागेका डाँकासम्मलाई प्रहरीले इन्काउन्टर गरेको हो ।

६. पूर्वीमधेसमा आर्थिक संकटः हामी विनासतिर जाँदैछौं

सरकारको नीति समय अनुसार परिवर्तन हुन सकेन । उद्योगीहरु मारमा परेका छन् भने पनि सरकारलाई केही मतलबै भएन । एउटा उद्योगी मरेर केही हुँदैन भन्ने सरकारले सोच्यो । तर, एउटा उद्योगी मारमा पर्दा उसँग आश्रति ४/५ सय मानिसहरु मारमा पर्छन् ।

७. मनोजको इन्काउन्टरसँगै एमाले माओवादीको ‘बाइप्रोडक्ट’ मासियो

‘संसार फेर्न हिँडेको मान्छे आफैं फेरिएछ’ भनेजस्तै युवाहरुलाई फेर्ने दाबी गरेका वाइसीएल र युथफोर्स आफैं फेरिए ।उनीहरुले आफ्नो संगठनमा प्रवेश गराएका आपराधिक चरित्रका युवाले सिंगै संगठनलाई नै ‘डन उत्पादन गर्ने उद्योग’ जस्तो बनाइदिए । यर्सैका पछिल्लो दृष्टान्त हुन्– बुधबार प्रहरीको इन्काउन्टरमा मारिएका मनोज पुन ।

८. डा. युवराज खतिवडाः अर्थमन्त्री कि ‘डिफ्याक्टो’ मात्र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित अर्थविद डा. युवराज खतिवडालाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेलगत्तै उनलाई मंगलबारदेखि नै भावी अर्थमन्त्रीका रुपमा हेर्न थालिएको छ । तर, खतिवडा ओली सरकारको ‘डिफ्याक्टो’ अर्थमन्त्री बन्लान् कि पूर्ण अधिकारसहितको अर्थमन्त्री बन्लान् ?

९. क्रिकेटर करणको आग्रह : जितेपछि पैसा होइन, जित्नका लागि लगानी गर्नुस्

भिजन टूमा क्यानडाविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाउँदा करण केसी नायक बने । अहिले नेपाली टोलीका अरु सदस्यसँगै उनलाई सम्मान थाप्न भ्याइनभ्याइ छ

१०. किन हुन्छ सम्बन्ध बिच्छेद ?

केही समययता हामीकहाँ सम्बन्ध विच्छेदका क्रम बढेका छन् । राम्रै घरबार गरिरहेका सेलिब्रेटी दम्पतीहरु आपसमा छुटिए । बालबच्चा हुर्काइसकेका कति दम्पतीले समेत आपसमा अलग हुने निर्णय लिए ।

सानो कारणले हवाइजहाजभित्रै झडप, आकस्मिकरुपमा विमान अवतरण

सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ ।दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment