Comments Add Comment

पूर्वीमधेसमा आर्थिक संकटः हामी विनासतिर जाँदैछौं

जमीन बाँझियो, नहर सुके, उद्योगीले आत्महत्या गर्न थाले


अहिले विराटनगरमा जो उद्योगहरु छन्, पुराना उद्योगहरु सबै बन्द भइसके । टेक्सटाइलको हब थियो बिराटनगर । यहाँका चर्चित अशोक टेक्सटायल, गणपति टेक्सटायलहरु बन्द भए ।

केही साता पहिले बिराटनगरमा मजदुर आन्दोलन भयो र ट्रेड युनियनको बदमासीले गर्दाखेरि सूर्य गार्मेन्ट बन्द भयो । यहाँ दुई हजार महिला मजदुरहरु काम गर्थे ।

तिनीहरुको राम्रो ‘लाइफ स्टायल’ थियो । यो उद्योगको त मिडियामा नाम आयो, तर मिडियामा नाम नआएका यस्ता धेरै उद्योगहरु बन्द भएका छन् विराटनगरमा ।

विराटनगरमा कतिपय व्यवसायीले मिटर ब्याजको चक्करमा आत्महत्या गर्न थालेका छन् । व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा गर्‍यो भने उसलाई कारवाही हुन्छ । बैंकले आफ्नो पैसाबाट पाँचगुणा बढी लिइराखेको छ ।

२० प्रतिशतको कुरा बैंकमा किन लागू भएन ? जब हामी व्यापारीले २० प्रतिशत भन्दा बढी नाफा खायौं भने कालोसूचीमा हाल्दिन्छ ।

सरकारको नीति समय अनुसार परिवर्तन हुन सकेन । उद्योगीहरु मारमा परेका छन् भने पनि सरकारलाई केही मतलबै भएन । एउटा उद्योगी मरेर केही हुँदैन भन्ने सरकारले सोच्यो । तर, एउटा उद्योगी मारमा पर्दा उसँग आश्रति ४/५ सय मानिसहरु मारमा पर्छन् ।

विराटनगरमा त्यसबेला धेरै जुटमिलहरु चल्थे । सरकारले जुट विकास केन्द्र नै खोलेको थियो । जुटको उत्पादन कसरी बढाउने भनेर सरकारले विज्ञहरु राख्यो । तर, यहाँ जुटको खेती झनै चौपट भयो ।

तर, यस्तो हुँदा पनि राज्य मौन छ । ट्रेड युनियनलाई छाडा छाडिएको छ । अब त ट्रेड युनियनका नेताहरुलाई मजदुरले नै विश्वास गर्न छाडिसके । अहिले मजदुरै छैनन्, केको ट्रेड युनियन हुनु ?

इन्डष्ट्रिजमा ६० प्रतिशत महिलाहरु काममा आएका थिए । यहाँ रिभोलुसन नै आएको हो विराटनगरमा । हेर्नोस्, पहिले महिलाहरु हुँदैनथे, अहिले महिला नभए उद्योग चल्न सक्दैन ।

अब हामीले हाम्रा नीतिहरु परिवर्तन गरेनौं भने हामी विनासतिर पुग्छौं । चलेका कारखानाहरु थप बन्द हुन्छन् ।

उहिलेका ती दिनहरु सम्झँदा…

म सप्तरीमा जन्मेको हुँ । आजभन्दा ३० वर्ष पहिले मेरो खाद्यान्नको व्यापार थियो । जनकपुरदेखि सप्तरीसम्म करिब ८० प्रतिशत राइस मिल थिए । अहिले ती सबै मिलहरु बन्द गरिदिएँ ।

आजभन्दा ४० वर्ष पहिले बलयगाडामा लोड गरेर मैले भारतमा चामल निर्यात गर्थें । त्योबेला हामीलाई अञ्चलाधीश अफिसले खाद्यान्य निर्यातका लागि पर्मिट दिन्थ्यो । हाम्रो चामल कोलकातासम्म साहुकहाँ पुग्थ्यो । नेपालको चामल गोरखपुर पनि जान्थ्यो त्यसबेला ।

त्योबेला नेपालमा प्रशस्त चामल उत्पादन हुन्थ्यो । हामीले इण्डिया नपठाएको भए हाम्रो चामल कुहेर खेर जान्थ्यो । हामीले ६० प्रतिशत चामल भारतमा निर्यात गर्थ्यौं ।

त्योबेलाका धान चामल निर्यात कम्पनीहरु अहिले बन्द भए । कोशीमा कोशी धान चामल निर्यात कम्पनी थियो । सगरमाथा अञ्चलमा सगरमाथा धान चामल निर्यात कम्पनी थियो । सरकारले खोलेका ती कम्पनीमा हामीले शेयर हाल्यौं, तर हाम्रो सबै पैसा डुब्यो । सरकारले हामीलाई पैसा फिर्ता दिएन । मतलब सरकारको जहाँ हस्तक्षेप भयो, त्यो चिज डुब्यो ।

म युवा अवस्था हुँदाखेरि तराई मधेसमा सात-सात दिनसम्म पानी पर्थ्यो । पानीको कमी हुँदैनथ्यो । आकाशे पानीको भरमा हामी खेती गर्थ्यौं । पुस-माघमा पनि पानी पर्थ्यो । अहिले एकचोटि पनि पानी पर्दैन ।

विराटनगरमा त्यसबेला धेरै जुटमिलहरु चल्थे । सरकारले जुट विकास केन्द्र नै खोलेको थियो । जुटको उत्पादन कसरी बढाउने भनेर सरकारले विज्ञहरु राख्यो । तर, यहाँ जुटको खेती झनै चौपट भयो । माटो यही हो, जग्गा यही हो । तर, हामी कहाँनेर चुक्यौं ?

म युवा अवस्था हुँदाखेरि तराई मधेसमा सात-सात दिनसम्म पानी पर्थ्यो । पानीको कमी हुँदैनथ्यो । आकाशे पानीको भरमा हामी खेती गर्थ्यौं । पुस-माघमा पनि पानी पर्थ्यो । अहिले एकचोटि पनि पानी पर्दैन ।

पोलुसनसँगै वर्षा पनि कम हुन थालेको छ । खेतीका लागि बोरिङबाट पानी निकाल्नुपर्ने अवस्था छ र यसले गर्दा खेती कम हुन थालेको छ ।

हामी विनासतिर जाँदैछौं

हाम्रो यो सुनसरी, मोरङ र झापाको जुन पकेट क्षेत्र छ, यहाँ कोशीको नहर लाइनअप गरेको छ । पहिले यी नहरहरु दिनहुँ भरिएका हुन्थे । अहिले मोरङका भित्री भागमा जानुभयो भने पुराना नहरहरु मिचेर सडक बनाइँदैछ ।

भारत सरकारले ५० वर्ष पहिले कोशी सम्झौता अन्तरगत बनाएका नहरहरुमा पानीको सतह कम भयो । पानी तल गइसक्यो । माथि कसरी सिँचाई गर्ने ?

यहाँ विराटनगरमा सुनसरी मोरङ सिँचाई आयोजनाको सरकारी अफिस छ । कर्मचारीहरुले नेपाल सरकारको करोडौं रुपैयाँ तलब खाइराखेका छन् । उनीहरु कसैको दायित्व छैन ।

धेरै करायो भने गहुँबालीको समयमा १० /१५ दिन पानी दिन्छन् । ब्यूरोक्रेसीमा भ्रष्टाचार छ । कसैले आफ्नो दायित्व बुझेनन् । यसले गर्दा खेती गर्ने मान्छेहरु विदेशिए । प्रायःजसो विदेशिने मान्छे खेती गर्नेहरु नै हुन् ।

समयमा राज्यले मल, बिऊ दिँदैन । राज्यको सिस्टम फेलियर छ । युरिया मल आज चाहिएको छ भने एक महिनापछि आउँछ । साना मान्छेले भारतमा जान वा ब्ल्याकमा किन्न सक्दैनन् ।

सिं‌चाइको साधन फेलियर भएको छ । आकाशे पानी कम भयो । कोशीमा पानी बगेको छ, तर किसानको खेतमा पानी पुगिराखेको छैन । अब यसमा हामीले विकल्प खोज्नैपर्ने भएको छ ।

सिं‌चाइको साधन फेलियर भएको छ । आकाशे पानी कम भयो । कोशीमा पानी बगेको छ, तर किसानको खेतमा पानी पुगिराखेको छैन । अब यसमा हामीले विकल्प खोज्नैपर्ने भएको छ ।

राजमार्ग एरिया पूरै बस्तीले भरिँदैछ । इटहरीमा के थियो ? ०३४/०३५ सालतिर म सप्तरीबाट बिराटनगर आउँदाखेरि इटहरीमा टीनका ४/५ वटा घरहरु थिए । म दार्जीलिङमा पढ्दा कन्काई बस चढेर जान्थें ।

‘जाऔं न सरर कन्काई बसैमा’ भन्ने गीतै थियो । इटहरीमा एकछिन बस रोक्थ्यो । दमक पुग्दा ४/५ वटा टीनका घरहरु भेटिन्थे । राजमार्गमा बजारहरु थोरै थिए । बिर्तामोडमा सानो बजार थियो ।

अब पूरै पहाडबाट बसाइँ सराइ भएर समथर एरिया भरिइसक्यो । पहाडमा आफ्नो भूमि बाँझो छ, अहिले जागिर पायो, समथर भूमिमा बस्नुपर्‍यो भन्दै ४ जनाको परिवार आयो । उसले ५० जना बोकेर ल्यायो । यसो गर्दागर्दै पूरै राजमार्ग प्याक भइसक्यो ।

विदेशमा हेर्नुभयो भने कुनै पनि मेट्रोपोलिटन सीटी हाइवेमा हुँदैन । हाम्रोमा हाइवेमा घर बनाउने चलन छ । हाइवेमा एकातिर घर हुन्छ, अर्कोतिर स्कुल हुन्छ । अनि रोड क्रस गर्दा दुर्घटना हुन्छ ।

गाडी स्लो गरेर चलाउने हो भने हाइवेको के मतलव भयो ? यसमा पनि सरकार चुकिराखेको छ । जहाँ मन लाग्यो, त्यहाँ घरहरु बनिरहेका छन् । सिस्टम हरेक ठाउँ कोल्याप्स छ ।

सुनसरी, मोरङ र झापामा कृषिलाई अगाडि बढाउने हो भने यहाँ हामीले उच्च कोशी बाँध बनाउनैपर्छ । किनभने, पानी स्टोरेज गर्न सकिएन भने कृषिको विकास हुँदैन । तर, यसलाई मान्छेहरुले राजनीतिक इस्यु बनाइदिन्छन् । तर, जुनसुकै सरकारसँग पनि अब कोशी हाइ ड्यामको विकल्प छैन ।

यहाँको कृषिलाई पुनःजागृत गर्ने हो भने किसानको खेतसम्म सिंचाइ पुग्नुपर्‍यो । ताकी पानी चाहिँदाखेरि किसानले खेतमा लगाउन सकुन् ।

हामीले आफ्नो पानीलाई स्टोरेज गर्नुपर्छ । त्यहाँबाट बिजुली उत्पादन गर्नुपर्छ । कोशी हाइड्याम बनाएपछि सबै नहरमा पानी जान्छ । नहरलाई अपग्रेड गर्नुपर्छ । अहिले करोडौं रकम खर्च भइरहेको छ, तर कहाँ अपग्रेड भएको छ नहर ?

सिंचाई आयोजनाका कर्मचारीले के हेर्दैछन् ? कामै छैन, तलब खाइराखेका छन् । यहाँको कृषिलाई पुनःजागृत गर्ने हो भने किसानको खेतसम्म सिँचाइ पुग्नुपर्‍यो । ताकि पानी चाहिँदाखेरि किसानले खेतमा लगाउन सकुन् ।

अब सरकारले कुन खेतीयोग्य जमिन हो, त्यो छुट्याउनुपर्छ । त्यहाँ प्लटिङ गर्न दिनुहुँदैन । पाँच वर्षसम्म प्लटिङ गरेको घडेरी बिकिरहेको छैन । जग्गालाई सिमेन्ट लगाएर राखिएको छ । महेन्द्रकै पालादेखि राजमार्गमा बस्ती बसाउन थालिएको हो, त्यो अहिलेसम्म जारी छ ।

राज्यबाट हुनेखानेहरुलाई पनि सुकुम्बासीका रुपमा राजमार्गका बसाइँ सराइ गराइयो । मलाई याद छ तराईमा मुसहर, दुसादहरु ५० वर्ष पहिले पनि सुकुम्वासी थिए, अहिले पनि सुकुम्वासी नै छन् ।

यी मिहनेत गर्नेहरुलाई यहाँबाट पहाडतिर निकालेर बसाउन सकेको भए उनीहरुले पनि खेती गरेर जीवन सुधार्ने थिए । तर, राज्यले कहिल्यै यसरी सोच्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment