+
+
Shares

ठमेलबाट चोरिएका ३ वटा मोटरसाइकलसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १० गते १५:१७

१० फागुन, काठमाडौं । काठमाडौंका विभिन्न स्थानकबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जना महानगरीय प्रहरी परिसर, काठमाडौंको फन्दामा परेका छन् ।

बिहीबार परिसरबाट खटिएको प्रहरी टोलीले मोटरसाइल चोरीमा संलगन गिरोहको ५ जनलाई काठमाडौं–६, तेन्जिङ चोक जटिकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल घर भइ गोकर्णेश्वर बस्दै आएका २१ वर्षीय सुरेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची घर भइ तेन्जिङ चोक बस्दै आएका १९ वर्षीय उर्गेन लामा, १८ वर्षीय प्रशान्त राई, १७ वर्षीय छिरिङ तोन्जिङ शेर्पा र १९ वर्षीय सुशिल मगर छन् ।

प्रहरीले उनीहरुको साथबाट चोरीको ४ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरुले बा ९० प ५२४६ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बा ८९ प २१३५, बा ८८ प ३३९३ नम्बरको मोटरसाइकललाई बा ८८ प ३३९३ र बा ९० प ९१९० नम्बरको मोटरसाइकलमा बा ८६ प १०२५ नम्बर राखेर प्रयोग गरिरहेको अवस्थामा मोटरसाइकल बरामद गरिएको हो ।

त्यस्तै, बा ७० प ८१३५ नम्बरको कालो स्कुटर पनि बरामद भएको परिसरले जनाएको छ ।

उनीहरुले बौद्ध क्षेत्रलाई आधार बनाएर चोरी गर्ने गरेको सुराकीका आधारमा प्रहरी वृत, बौद्ध, प्रभाग कपन र साँगुले त्यस क्षेत्रलाई आधार बनाएर चेकजाँच बढाएको थियो ।

सोही क्रममा प्रभाग कपनको टोलीले शंका लागि सोधपुछ गर्दा ठमेलबाट चोरिएको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले ती मोटरसाइकल चाबहिलको मित्रपार्कस्थित स्यान्डस इन्टरप्राइजेजमा लगेर नम्बर र सेप परिवर्तन गरी विक्री गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ । उनीहरुलाई पक्राउ गरी जिल्ला अदलातबाट चोरी ऐनमा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?