Comments Add Comment

‘आइ लभ यू’ लेखेका कार्ड कतिलाई दिएँ हेक्का छैनः यूवराज चौलागाईं

काठमाडौं । गायक युवराज चौलागाईं जहाँ जतिबेला भेट्दा पनि टिपटप देखिन्छन् । आइरन नलगाएको कपडा उनी बिर्सेर पनि लगाउँदैनन् । उनी स्कुल पढ्दैदेखि आइरनका पारखी थिए ।

‘मलाई आफुले लगाउने पाइन्ट र सर्टको क्रिजलाई खुकुरीको धार जस्तो बनाउनु पथ्र्यो,’ युवराज भन्छन्, ‘सानैदेखि आफैंले आइरन गर्ने बानी थियो, अरुले गरेको चित्तै बुझ्दैन थियो ।

स्कुल पढ्दाताका युवराज गीत गाउँथे, मार्सल आट्स खेल्थे, चिटिक्क परेको डे्रसअप गर्थे । त्यसैले साथीहरुको बीचमा उनलाई ‘हिरो’ हुन खास समय लागेन । स्कुल पढ्दाताका केटीसँग पोस्टकार्ड आदानप्रदान भएको घटना सम्झँदै भन्छन्, ‘मनमा लागेका कुरा लेखिसकेपछि अन्तिममा आई लभ यु लेख्ने चलन थियो ।

युवराजले त्यसरी ‘आई लभ यु’ लेखिएका कार्ड लिने-दिने दुबै काम गरे । कतिलाई उनले दिए र कतिले उनलाई दिए हेक्का छैन । त्यतिबेलाका ती साथीहरुसँग अहिले पनि भेट हुन्छ । तर, सबै आ-आफ्ना काममा व्यस्त छन्  ।

स्कुल पढ्दा युवराजले नेपालगञ्जमा गज्जब प्रभाव पारेका थिए । जब काठमाडौ कलेज पढ्न आए, आफैंलाई ‘विचरा’ जस्तो लाग्यो । उनले चिनेको एकजना पनि थिएनन् । जो भेटिए तिनैलाई साथी बनाए । क्यान्टिनमा बसेर गफ हान्दा तिनै नयाँ साथीले साथ दिए ।

उनलाई सम्झना छ, क्यान्टिनको बसाई निकै रमाइलो थियो । धेरैले उनीसँग संगीतको कुरा गर्थे । क्यान्टिनमा जमेर संगीतको कुरा गर्ने ती साथीहरु अहिले नेपाली संगीतमा छैनन् । सबै विदेशतिर सेटल भएका छन् । म्युजिकमा लाग्ने उनी मात्रै हुन् ।

वालाजुमा डेरा, भाडा पाँच सय

संगीत सिक्दै थिए, त्यसकारण काम पाउन गार्‍है थियो । संगीतमा कोरस प्राक्टिस गर्दा त्यो वापत १५० रुपैंया पाउँथे । डेरा थियो वालाजु बाईसधारामा । घरबेटी आफैं संगीतप्रेमी भएकाले कहिल्यै तनाव भएन । युवराज भन्छन्, ‘मभन्दा धेरै गुन्गुनाउनु पथ्र्यो उहाँलाई ।’

त्यतिबेला उनको डेरा भाडा थियो मासिक पाँच सय । तर, घरवेटी आफैं संगीतप्रेमी भएकाले समयमा भाडा बुझाउने विषयमा कहिल्यै तनाब झेल्नु परेन ।

ब्यापार गरे, जागिर खोजेनन्

काठमाडौ आएलगत्तै यूवराजले थाहा पाए, काठमाडौंको बसाई नेपालगञ्जको भन्दा निकै महंगो रहेछ । कोठाभाडा, दालभात तरकारी, यताउता जाँदा बस, टेम्पो, ट्याक्सी यी सबै गर्दा राम्रै खर्च हुन्थ्यो । केही गरिएन भने घरबाट आएको पैसाले मात्रै जीवन चल्दैन भनेर उनले सोचे र आरआर कलेज पछाडि भेज फाष्टफुड क्याफे सुरु गरे । ‘मलाइ जागीर खानुभन्दा क्याफे सुरु गर्नु ठिक लाग्यो ।’ युवराजले भने ‘यसले मलाई आफ्नै खुट्टामा उभिने प्रेरणा दियो ।

रेडियो लोकप्रिय

काठमाडौं आएपछि इलाहावाद विश्वविद्यालयमा संगीत अध्ययन गरेका युवराजको धेरै समय संगीतमै बित्थ्यो । फुर्सद हुने बित्तिकै रोडियोमै झुम्मिन्थे । कुन कार्यक्रम के बार कति बजे आउँछ, उनलाई सबै कण्ठस्त थियो । गीत संगीतसँग सम्बन्धित कार्यक्रम नबिराई सुन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment