+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

मिलन अमात्यको म्युजिकल ट्याटु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते १३:०१

बेलायत । गायिका मिलन अमात्य अहिले सांगीतिक कार्यक्रमका लागि बेलायतमा छिन् । कार्यक्रममा व्यस्त गायिकाले युकेको ‘एभरेष्ट ईन्क’मा ‘म्युजिक मिट्स सोल’ संगीतले हृदय छुन्छ भन्ने उनको पहिलो एल्बम ‘मिलन’ को स्लोगन रातो ट्रेबल क्लेफ माथी खोपेर धेरै पहिले देखिको ट्याटु खोपाउने चाहाना पूरा गरेकी छिन् ।

अनिल स्थापितले ‘मिलन’ एल्बममा कभर डिजाइनसँगै यो स्लोगन पनि एल्बम कभरमा लेखेका थिए । मिलनलाई यो स्लोगनले अत्यन्तै छोएकाले पनि हुन सक्छ दाहिने हातको नाडीमा गीत गाउँदा माइक समाउँदा देखिने हिसाबले ट्याटु खोपाएकी छिन् ।

आधा दर्जन जती कार्यक्रमहरु अझै लाइन अपमै रहेकाले पनि गायिका मिलन ब्यस्त रहेको देखाउँछ । यसै बीच शहीद स्मारक सहयोगार्थ कार्यक्रमका लागि बेल्जियममा पनि एउटा कार्यक्रममा प्रस्तुती दिन पुग्ने तालिका रहेको छ ।

समय अभाबका कारण फ्रान्सको पेरिस र स्विट्जरल्याण्डको कार्यक्रम रद्द गर्नु परेको जानकारी गराउँदै सोचे जस्तो समय म्यानेज गर्न नसक्दा कार्यक्रम रद्द गर्नु परेको उनले बताइन् ।

सांगीतिक कार्यक्रम बाहेक गायिका मिलन अमात्यले इनास युकेले आयोजना गरेको युरोपस्तरिय गायन तथा नृत्य प्रतियोगिताको अडिसनमा निर्णायकको जिम्मेवारी पनि निभाउन भ्याएकी छिन् ।

त्यसै गरी मिर्गौला पीडित गायिका जलजला परियारको सहयोगार्थ कार्यक्रममा प्रस्तुती दिने कार्यक्रम तय भएको छ । गायिका मिलनलाई इनास युके, पासा पुछ गुठी युके, प्रतिभा नक्षत्र लगायत संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका छन् ।

इ-मिडिया हब युकेले आयोजना गरेको ‘एभरेष्ट म्युजिकल ब्लाष्ट २’ सांगीतिक कार्यक्रमका लागि गायिका मिलन युके आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?