Comments Add Comment

एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनका अधिवेशनमा रोक

पार्टी विस्तार, आन्तरिक भेला र प्रशिक्षण भने यथावत

११ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ ।

पार्टी स्थायी कमिटीको शुक्रबारको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले भोलि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

बैठकपछि एमाले सचिव भट्टराईले भने- दुई पार्टीबीच एकता प्रक्रियानै अघि बढेको सन्दर्भमा पार्टीका अधिवेशन सम्मेलन, जनसंगठनका अधिवेशन तथा सम्मेलनको मिति तोकिए पनि पार्टी एकताको संवेदशीलताका कारण स्थगित गर्ने निर्णय भएको छ ।

अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बन्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

अधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने उनले बताए । पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् ।

स्थायी कमिटी बैठकले एमाले र माओवादीबीच पार्टी एकताका सन्दर्भमा भएको ७ बुँदे सहमतिलाई ग्रहण गर्दै अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment