Comments Add Comment

वाम सरकारको निगरानी गर्न कांग्रेसले छायाँ मन्त्री बनाउने

संसद अवरुद्ध गर्ने प्रस्ताव नेतृत्वले मानेन

१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएको छ ।

शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकले विधान संशोधन गरेको छ, जसमा सरकारको कामकारबाहीको अनुगमन गर्न छायाँ सरकार बनाउने अवधारणा छ ।

सांसद गगन थापाले भने, ‘केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै छायाँ मन्त्री बनाएर काम गर्छौं ।

छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आआफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको निगरानी गर्नेछन् । प्रदेश स्तरमा पनि छायाँ सरकार बनाइने उनले बताए ।

दलको नेतापछि चयनपछि छायाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ । यसले पार्टीका सांसदहरुलाई प्रभावकारी बनाउन पनि भूमिका खेल्ने कांग्रेस नेताहरु बताउँछन् ।
संसदीय दलको विधान अनुमोदनका केन्द्रीय समितिमा पठाइएको छ ।

पहिलो बैठकमा संसद अवरुद्ध गर्ने प्रस्ताव

बैठकले राष्ट्रियसभाका तीन सदस्य मनोनयनका लागि शेरबहादुर देउवा सरकारले गरेको सिफारिस रोकेर नयाँ सरकारको सिफारिस स्वीकृत गरेकोमा राष्ट्रपतिको आलोचना गरेको छ ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कांग्रेस संसदीय दलले सच्याउन माग गरेको छ । एक सांसदका अनुसार पार्टी सभापति शेरबहादुर देउवाकै जोडबलमा यो प्रस्ताव पास भएको हो ।

बैठकमा सांसद अत्तहर कमलले यसको विरोधमा प्रतिविधिसभाको पहिलो बैठक नै अवरुद्ध गर्नु पर्ने प्रस्ताव राखेका थिए । तर, नेताहरुले अहिले विरोध मात्र गर्ने बताएका छन् ।

सर्वसम्मत भन्दा प्रकाशमानको विरोध

बैठकमा भीमसेनदास प्धानसहित केही सांसदले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नु पर्ने बताएका थिए । उनीहरुले चुनाव नै हुने भएपनि पार्टीको आन्तरिक भएकाले धेरै उचालेर पार्टीलाई कमजोर बनाउन नहुने धारणा राखे ।

तर, सांसद प्रकाशमान सिंहले विरोध गरे । उनले पार्टीको नेतृत्व परिर्वतन हुनु पर्ने आम कार्यकर्ताको आवाजलाई आफूले बोलिदिएको भन्दै यसलाई लुकाउन नहुने बताए ।
यसले दलको नेतामा चुनाव हुने प्रष्ट संकेत गरेको छ । सिंह दलको नेताका आकांक्षी हुन् ।

पार्टीर् सभापति शेरबहादुर देउवाले भने समिक्षा हुने पर्ने तर, अरुलाई गाली गरेर मात्र नहुने बताए । चुनावमा अन्तरघातका कारण करिव २०० नेता हारेको भन्दै उनले अन्तरघात गर्नेहरुलाई कारबाही नगरेसम्म पार्टी अघि बढ्न नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment