Comments Add Comment

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ ।

शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गर्दै आएका छन् । सर्वसहमति भए डा. कोइराला र देउवासँग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

‘जिद्दीले होइन, विधिले पार्टी चलाऊ’ भन्दै कांग्रेस कार्यालयमा धर्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment