Comments Add Comment

यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनले नेपाल फर्काउने

फेब्रुअरी २५, यूएई । एक लाख दिराम (करिब २८ लाख रुपैयाँ) अदालतमा तिर्न नसकी यूएईमा अलपत्र परेका चितवनका टोपबहादुर बिकलार्इ एनआरएन, यूएर्इले उद्दार गर्ने भएको छ ।

एनआरएन यूएईको २३ फेब्रुअरीमा सम्पन्न बैठकले बिकको उद्धारका लागि सहयोग अभियान संचालन गर्ने निर्णय गरेको हो ।

यूएईमा रहेका सबै सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर बिकलाई नेपाल फिर्ता पठाउन एनआरएनले नेतृत्व गर्ने निर्णय गरेको प्रवक्ता मुन क्षेत्रीले जानकारी दिए ।

उनको उद्धारका लागि दूतावाससँग समन्वय गरी तत्कालै अवश्यक पहल कदमी लिने एनअारएनए, यूएर्इले जनाएको छ ।

अवश्यक प्रक्रिया पूरा गर्नका लागि संघका अध्यक्ष रमेश श्रेष्ठले नै संयोजनकारी भूमिका खेल्ने जनाइएको छ ।

कार्यस्थलमा दुर्घटना भएपश्चात उनका विरूद्झ एक लाख दिराम तिर्नुपर्ने सजाय यहाँको अदालतले सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment