Comments Add Comment

मिस्टर भर्जिनको यस्तो आयो ‘टुल्की’

अहिले फिल्मी गीतको ट्रेन्ड छ । गीत हिट भएपछि फिल्मको पब्लिसिटी पनि हुने । यसै सिलसिलामा ‘मिस्टर भर्जिन’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । ‘टुल्की’ शीर्षकको उक्त गीतको अडियो यसअघि नै बाहिरिएको थियो । अहिले भिडियो आएको हो ।

भिडियोमा साइली फेम अभिनेता गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, स्मृति पोखरेल, श्रद्धा प्रसाई, रविन्द्र झा लगायतको अभिनय छ । फिल्मका निर्देशक हुन्, विशारद बस्नेत । फिल्म वल्र्ड वाइड फिल्म्स् डिस्टि्रब्युसन प्रालिको व्यानरमा निर्माण भएको हो ।

चलचित्रमा महेश दवाडीको कथा छ भने छायांकार हुन् रामेश्वर कार्की । विक्रम स्वाँर र दीपक याम सिंहले कोरियोग्राफी गरेका छन् । सुरज पन्डित, श्रीकृष्ण बम मल्लको संगीत छ ।

तीन युवाको मनोविज्ञानमा आधारित रहेर यो फिल्म निर्माण गरिएको हो । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment