Comments Add Comment

दिपकराजले छोरीलाई अपार्टमेन्ट गिफ्ट दिने


हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमीको कन्यादान त गरिसकेका छन् । साथै उनले छोरी-ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् ।

नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग मौसमीको शनिबार परम्परागत रिति-रिवाज अनुसार विहे भएको हो । पुरानो वानेश्वरस्थित ‘बाजेको सेकुवा’ मा वैवाहिक समारोह सम्पन्न भएको थियो । विवाहमा दिपकले निकटका साथीभाईहरुलाई मात्र डाकेका थिए ।

मौसमी र सुशीलबीच तीन वर्ष पुरानो प्रेम विवाहमा परिणत भएको हो । उनीहरु अध्ययनका लागि भारतमा रहँदा प्रेममा परेका थिए । ‘जात नमिल्ने’ भन्दै दिपककी श्रीमती र बुवाआमा यो विवाहको विपक्षमा रहेको बताइएको छ । सुशीलको परिवार ब्राम्हण हुन् भने मौसमीको परिवार सन्न्यासी हुन् । तर, दिपकले भने ‘अहिलेको जमानामा जातभातको कुरा गर्नु ठिक नहुने’ छोरीको पक्षमा उभिएपछि विवाह सम्भव भयो ।

दिपककी छोरी मौसमी अहिले नर्सिङ अध्यापन गरिरहेकी छिन् । उनले बाबुले निर्माण गरेको फिल्म छक्का-पञ्जा २ मा छोटो भूमिकामा अभिनयसमेत गरेकी थिइन् । सुशील भने पढाईकै क्रममा छन् । उनी हाल एमबीए अध्ययनरत रहेको बुझिएको छ ।

बिबाहपछि यो जोडी काठमाडौंमै बस्नेछ । दिपकले आफ्नी छोरीलाई अपार्टमेन्ट दाइजो दिने भएका छन् । उनी अहिले ठिक्कको अपार्टमेन्ट खोजीरहेको बुझिएको छ ।

विवाहमा उपस्थित रहेकी दिपककी सहकर्मी दिपाश्री निरौलाले भनिन्, ‘छोरीले चाहेको केटासँग विवाह गराइदिएर दिपक निकै खुशी छन् ।’

छोरी अन्माउने बेला भने दिपक भावुक बनेको उनले बताइन् । माइतीघर छोड्दा मौसमी निकै रोएकी थिइन् ।

बाहिर दिपक र दिपाश्रीबीच अफेयरको चर्चा चल्ने गरेको भए पनि दिपककी छोरी मौसमीसँग दिपाश्रीको राम्रो सम्वन्ध छ ।

‘मौसमी मसँग निकै नजिक छिन्,’ दिपाश्रीले भनिन्, ‘जुनसुकै फङ्सनमा पनि पहिले मलाई खोज्छिन् ।’

बिहेमा बेहुली सिंगार्ने काम दिपाश्रीले नै गरेकी थिइन् ।

दिपकका दुई छोरा र एक छोरी छन् । उनले यसै वर्ष आफ्ना जेठा छोराको बिहे गरेर बुहारी भित्र्याएका थिए । उनका छोरा अष्ट्रेलियामा बस्दै आएका छन् भने श्रीमतीलाई पनि चाँडै उतै लैजाने योजनामा छन् । कान्छा छोरा भने पढ्दै छन् । दिपककी श्रीमती हाउसवाइफ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment