Comments Add Comment

सिटामोलले पायो ‘पुनर्जन्म’, भोलिदेखि व्यवसायिक उत्पादन


११ फागुन, काठमाडौं । लामो समयदेखि जनजिब्रोमा झुण्डिएको एउटा औषधि सिटामोलले अन्ततः ‘पुनर्जन्म’ पाएको छ । भोलिबाट यसको व्यवसायिक उत्पादन हुँदैछ ।

तपाईले भन्न सक्नुहुन्छ, ‘सिटामोल पाउन बन्द नै कहिले भएको थियो र अहिले ‘पुनर्जन्म’ हुन सक्छ ?’ हो पनि ! औषधि पसलमा गएर सिटामोल दिनुस् भन्नुस्, पसलेले दिन्छ ।

तर, पसलेले दिएको सिटामोल ‘ओरिजिनल’ नेपाली सिटामोल नभएर त्यो पारासिटामोल हो, जसको ‘ब्राण्ड नेम’ हरेक कम्पनीको आ-आफ्नै छ ।

औषधिमा ‘जेनरिक नेम’ र ‘ब्रेण्ड नेम’ हुन्छ । एक समयको शाही औषधि लिमिटेड, अहिलेको नेपाल औषधि लिमिटेडले पारासिटामोल उत्पादन थाल्यो र ‘ब्राण्ड नेम’ सिटामोल राख्यो ।

तर, यो नाम यसरी जनजिब्रोमा झुण्डियो कि पारासिटामोल भनेकै सिटामोल हो कि जस्तो भयो ।

हो, त्यही सिटामोलले ‘पुनर्जन्म’ पाएको छ ।

सिटामोलको उत्पादन २०६७ असोजदेखि ठप्प भएको थियो । विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड पूरा गर्न नसक्दा नेपाल औषधि लिमिटेडले ग्लिसिरिन र स्लइनबाहेक अरु औषधि उत्पादन गर्न सकेन ।

चुपचाप सिटामोलको उत्पादन पनि बन्द भयो । तर, लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले त्यही सिटामोल सोमबारबाट बजारमा ल्याउँदैछ ।

‘बजारमा पठाउने गरी भोलि (सोमबार) देखि नै कमर्सियल ब्याजको उत्पादन सुरु गर्दैछौं’ लिमिटेडका महाप्रबन्धक रोभस कोसम सुवेदीले अनलाइनखबरसँग भने ।

‘बजारमा पठाउने गरी भोलि (सोमबार) देखि नै कमर्सियल ब्याजको उत्पादन सुरु गर्दैछौं’ लिमिटेडका महाप्रबन्धक रोभस कोसम सुवेदीले अनलाइनखबरसँग भने ।

दक्षिण कोरियाबाट फार्मेसीमा विद्यावारिधि गरेका सुवेदी निजी औषधि कम्पनीको जागिर छाडेर खुला प्रतिस्पर्धाबाट ११ पुस ०७३ मा नेपाल औषधि लिमिटेडको महाप्रबन्धक बनेका थिए ।

उनलाई तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले साथ दिएपछि सिटामोलको पुनर्जन्म सम्भव भएको हो । जीवनजलको यसअघि नै पुनः उत्पादन सुरु भइसकेको छ ।

दैनिक एक लाख ट्याबलेट उत्पादन !

सिटामोल उत्पादन थाल्नुअघि तीनवटा अत्याधुनिक उपकरण खरिद गरेर ल्याइएको थियो । १७ लाख रुपैयाँ लागतमा ट्याबलेट कम्प्रेसन मेसिन पनि खरिद गरिएको छ ।

प्रोडक्सन इञ्चार्ज विजय बज्राचार्यका अनुसार अहिले सिटामोलको उत्पादन कार्यमा १३ जना खटिएका छन् । विभिन्न आठ चरण पार गरेपछि मात्रै सिटामोल तयार हुन्छ ।

व्यवसायिक उत्पादन थालेसँगै दैनिक एक लाख ट्याबलेट उत्पादन गर्ने लक्ष्य लिइएको छ । आगामी दिनमा क्षमता वृद्धि गर्दै उत्पादन बढाउँदै लगिने महाप्रबन्धक सुवेदीले बताए ।

‘सिटामोलको आफ्नै ब्राण्ड छ,’ सुवेदी भन्छन्, ‘त्यसमाथि हामीले उत्पादन गरेर बेचेको जीवनजलको अनुभवले पनि सिटामोलका लागि बजार समस्या हुन्छ जस्तो लाग्दैन ।’

उत्पादित सिटामोल सरकारलाई नै बेच्ने संस्थानको योजना छ ।

सरकारले ७० प्रकारका औषधि निःशूल्क वितरण गर्दै आएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले त्यसको व्यवस्थापन गरिरहेको छ ।

तर, खुला बजारमै बेच्नु पर्ने स्थिति आए पनि संस्थानलाई कुनै समस्या नहुने महाप्रबन्धक सुवेदी बताउँछन् । ‘सिटामोलको ब्राण्डमात्रै ले पनि हाम्रो उत्पादन बिक्री हुन समस्या हुन्छ जस्तो लाग्दैन ।’ उनी भन्छन् ।

साढे सात वर्षपछि ब्यूँतियो संस्थान

गणतन्त्र आएसँगै शाही बाट नेपाल औषधि लिमिटेड बनेको यो संस्थानले एक सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । सिटामोल, जीवनजल जस्ता औषधिको माग धान्न धौधौ थियो ।

तर, विश्व स्वास्थ्य संगठनले तोकेको जीएमपी मोडलमा जान नसकेपछि ०६७ सालमा औषधि उत्पादन बन्द भएको थियो ।

यो बीचमा थुप्रै उद्योगमन्त्री भए । उनीहरुले औषधि लिमिटेडलाई ब्यूताउने भाषण पनि थुप्रै गरे ।

अब सिटामोलको पालो । संस्थानले वार्षिक ४० लाख प्याकेट जीवनजल र आठ करोड ट्याब्लेट सिटोमाल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

तर, ठोस काम केही भएन । प्रचण्ड सरकारमा उद्योगमन्त्री बनेका नविन्द्रराज जोशीले असोज ०७३ मा संस्थान चलाउने घोषणा गरे । सुरुमा धेरैलाई यो पनि भाषण नै हो भन्ने लागेको थियो ।

तर, संस्थान सञ्चालन गर्ने दृढतासहित अघि बढेपछि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण लागनी दिने निर्णय गरेको थियो ।

संस्थानका महाप्रबन्धक सुवेदीका अनुसार औषधि उत्पादन थाल्न सरकारले हालसम्म ६ करोड ४८ लाख रुपैयाँ दिएको छ । यससँगै गत वैशाखान जीवनजल उत्पादन भयो । अहिले दैनिक पाँच हजार प्याकेट जीवनजल उत्पादन हुन्छ ।

अब सिटामोलको पालो । संस्थानले वार्षिक ४० लाख प्याकेट जीवनजल र आठ करोड ट्याब्लेट सिटोमाल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

‘क्षमता वृद्धि गर्न सकिए तेब्बरसम्म उत्पादन गर्न सकिने अवस्था छ’ संस्थानका प्रोडक्सन इञ्चार्ज बज्राचार्य भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment