Comments Add Comment

श्रीदेवीको निधनमा के लेखे नेपाली सेलिब्रिटीले ?

उनी भारतकी करिश्मा मानन्धर थिइन्ः माग्नेबुढा

बलिउड नायिका श्रीदेवीको निधनप्रति बलिउड शोकमय छ । यता नेपाली सेलिब्रिटीले पनि सामाजिक सञ्जालमा श्रीदेवीलाई श्रद्धान्जली दिएका छन् ।

नायिका करिष्मा मानन्धरले आमाको भावना स्टाटसमा व्यक्त गरेकी छिन् ।

उनी लेख्छिन्, ‘रुन सक्छु किनकी म जिउदो छु । यो मर्नुपर्ने जिन्दगी । बच्चाहरुलाई छाडेर । हार्दिक श्रद्धान्जलि ।’

हाँस्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले चाहिँ फरक शैलीमा दुःख व्यक्त गर्दै श्रीदेवीलाई नेपालकी करिश्मा मानन्धरसँगै तुलना गरिदिएका छन् ।

‘उहाँ भारतीय करिष्मा मानन्धर हुनुहुन्थ्यो । रुपकी खानी । हार्दिक श्रद्धान्जली श्रीदेवी,’ उनले लेखेका छन् ।

अर्का हास्यकलाकार दिपकराज गिरीले आफू श्रीदेवीको रुप र अभिनयको फ्यान भएको उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘म कुनै हिरोइनको दिवाना थिएँ भने केबल श्रीदेवीको रुपको र अभिनयको फ्यान थिएँ । एकपटक फ्यानको नाताले भेट्ने अवसर पनि मिलेको थियो ।’

गायिका कोमल वलीले श्रीदेवीसँग आफ्नो भेटको स्मरण गरेकी छिन् ।

‘श्रीदेवीसँगको त्यो भेट बिर्सिन सक्दिनँ । आज उनको मृत्यूको खबर मैले पत्याउनै सकिनँ,’ उनले लेखेकी छिन् ।

श्रीदेवीको निधनको खबरले आफुलाई दुःख लागेको बताउदै केकी अधिकारीले पनि फेसबुकमा श्रद्धान्जली दिएकी छिन् । श्रीदेवीको हँसिलो तस्वीर फेसबुकमा पोस्ट गर्दै निर्देशक तथा हास्य अभिनेत्री दिपाश्री निरौलाले लेखेकी छिन् ‘म सानोमा तपाई जस्तै हुन चाहन्थेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment