+
+

वर्षमानलाई रोक्दै बादल गृहमन्त्री बन्ने पक्का

विनोद घिमिरे विनोद घिमिरे
२०७४ फागुन १४ गते १०:५१

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतले बतायो । मन्त्रीहरूको अरू नाम भने गोप्य राखिएको छ ।

यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् ।

बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए ।

बादलले गृहमन्त्रालय पाउने भएपछि वर्षमान पुनलाई अर्को शक्तिशाली मन्त्रालय दिने तयारी छ । तर कुन मन्त्रालय दिने भनेर अझै टुंगो लागेको छैन ।

माओवादीबाट मन्त्री बन्नेहरुमा गिरिराजमणि पोखरेल, मातृका यादव र विना मगरको नाम पक्का भएको छ । यस्तै वर्षमान पुन अनन्त, शक्ति बस्नेत र जनार्दन शर्मा पनि मन्त्री बन्ने लाइनमा छन् तर यसअघि नै गृह, अर्थ जस्ता मन्त्रालय चलाइसकेका नेतात्रयलाई कुन मन्त्रालय दिने भन्ने अन्योल छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय साटफेरको प्रयास गर्ने माओवादी अध्यक्ष प्रचण्डले आफ्ना नेताहरुलाई आश्वासन दिएका छन् ।

यो पनि पढ्नुहोस्

माओवादीमा दुई गुटः प्रचण्डलाई बादलको चुनौती

माओवादीमा गृहमन्त्रीको किचलो, मन्त्रिपरिषद विस्तारमा ढिलाइ

मन्त्री माग्दै खुमलटार पुगेका नेतालाई प्रचण्डले फर्काए

बादल राष्ट्रियसभा अध्यक्ष होइन, गृहमन्त्री !

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?