Comments Add Comment

स्पेनको मड्रिड र काठमाडौं महानगरबीच जोडियो भगिनी सम्बन्ध


१४ फागुन, काठमाडौं । स्पेनको मड्रिड र नेपालको काठमाडौं महानगरपालिकाबीच सोमबार भगिनी सम्बन्ध स्थापना भएको छ । बसन्तपुर नासलचोकमा आयोजना गरिएको एक औपचारिक समारोहमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र मड्रिड सहरका उपप्रमुख लुइस कार्लोस क्युटोले भगिनी सम्बन्ध स्थापना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

समारोहलाई सम्बोधन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दुई नगरवीचको सम्बन्धबाट आपसी हित, आर्थिक, सामाजिक, लैङ्गकि तथा सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान हुने विश्वाश व्यक्त गरे ।

यस सम्बन्धबाट दुई सहरका नागरिकले सूचना सञ्चार तथा सूचना प्रविधि, पर्यटन, पूर्वाधार विकास, क्षमता विकास, सामाजिक संस्कारको आदान प्रदानमा लाभ लिन सक्ने मेयर शाक्यको भनाइ थियो ।

सो समारोहमा बोल्दै  मड्रिडका नगरका उपप्रमुख क्युटोले दुई ठूला राजधानी सहरवीचको सम्बन्धबाट नगरका नागरिकलाई मात्र नभई दुई वटै देशका लागि फाइदा पुग्ने बताए ।

‘दुई नगरकावीच नगरबासी तथा समुदायलाई फाइदा पुग्ने गरी शिक्षा, कला-संस्कृतिको आदान प्रदान, व्यापार प्रवर्द्धर्नका क्षेत्रमा काम हुनेछ ।

सोही अवसरमा धारणा राख्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले भगिनी सम्बन्ध दिगो रहने धारणा राख्दै दुई नगरवीचको सम्बन्ध सीमाविहीन हुनु पर्ने बताए ।

फेड्रिकवर्ग नगर सांस्कृतिक सहर

स्पेनको केन्द्रीय राजधानी मेडि्रड सहर युरोपियन सहरहरुमध्ये जनसंख्याको हिसावले तेश्रो ठूलो सहर हो । यस सहरमा ३.५ मिलियन मानिस बसोबास गर्छन् ।

आधुनिक संरचना, संग्रहालय र सेवा केन्द्रहरुका रुपमा मड्रिड सहर प्रसिद्ध छ । काठमाडौं महानगरले भगिनी सम्बन्ध स्थापना गरेका राजधानी सहरमा मेडि्रड दोश्रो हो ।

यसअघि कोरियाको राजधानी सोलसँग सम्बन्ध स्थापना भइसकेको छ । युरोपियन सहरतर्फ भने मेडि्रड काठमाडौंको पहिलो भगिनी सम्बन्ध भएको सहर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment