Comments Add Comment

जेल जानुअघि रेशम चौधरीले भने- अदालतले सांसदलाई अविश्वास गर्‍यो

१४ फागुन, धनगढी । अदालतसामू आत्मसमर्पण टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएको हो ।

उसो त चौधरीका वकिलहरुले जनमत पाएको भन्दै तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । तर, अदालतले जनमतको सम्मान गर्ने तर, जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।

जेल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अदालतले सांसदलाई अविश्वास गरे जस्तो देखिएको प्रतिक्रिया दिएका छन् ।

‘अदालतले जुन फैसला गर्‍यो, त्यसलाई पूर्वाग्रह त मान्दिनँ । तर, जनताबाट विजयी भइसकेको सांसदलाई अविश्वास गरे जस्तो देखियो’ उनले भने, ‘म भागिहाल्ने थिएन । भाग्ने भए म यहाँ आउने थिइनँ ।’

फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

आफू कानुनको पूर्णसम्मान गरेर अदालतसमक्ष आएको र आगामी दिनमा न्याय दिने विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment