Comments Add Comment

ह्याप्पी वर्थ डे प्रियंका ! आजबाट लागिन् ३१ औं वर्षमा

नायिका प्रियंका कार्की आज आफ्नो ३१ औं जन्मदिन मनाउँदैछिन् । उनको जन्म २०४४ साल फागुन १५ गते भएको हो ।

पछिल्लो समयकी सबैभन्दा व्यस्त र सफल नायिका मानिने प्रियंका यतिबेला भने आयूष्मान देशराजसँग प्रेममा रमाइरहेकी छिन् । यद्यपि उनी पूर्वविवाहित हुन् । रोचक मैनालीसँग उनको बैबाहिक सम्वन्ध छोटो समयमै तोडिएको थियो ।

चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली फिल्ममा प्रियंकाको इन्ट्री भएको हो । त्यसयता उनले लगातार फिल्म खेलिरहेकी छिन् । फिल्मबाहेक उनी म्युजिक भिडियो र विज्ञापनमा पनि उत्तिकै चलेकी छिन् । उनले सन् २००७ मा अमेरिकाको नर्थ अलबामा विश्वविद्यालयबाट फिल्म मेकिङमा डिग्री हाँसिल गरेकी छिन् । उनी सन् २००५ मा मिस टिन नेपाल भएकी थिइन् ।

प्रियंका कार्की ‘स्क्यान्डल क्वीन’ पनि हुन् । ‘डाइनिङ टेबलमा सेक्स गर्दा सबैभन्दा मज्जा आउने’ भनेर दिएको अन्तरवार्ताले उनलाई तीव्र विवादमा तानेको थियो । साथै केही समयअघि सार्वजनिक कार्यक्रममै प्रेमी आयूष्मानसँग चुम्माचाटी गर्दा पनि उनको तीव्र आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment