Comments Add Comment

‘लम्फु’ को रोमान्टिक गीतमा कस्ती देखिइन् तरकारीवाली ?

तरकारीबाली नामले चर्चित कुसुम श्रेष्ठद्वारा अभिनित पहिलो फिल्म ‘लम्फु’ को गीतयूट्यूवमा रिलिज गरिएको छ । ‘सँगै जिउने सँगै मर्ने…’ बोलको रोमान्टिक गीतलाई अर्जुन पोखरेलले संगीत दिएका हुन् ।

गीतमा कवीर खड्का, मरिष्का पोखरेल र तरकारीवाली फिचर भएका छन् । गीत कर्णप्रिय भए पनि रामजी लामिछानेको कोरियोग्राफी औसत छ । मरिष्काको तुलनामा तरकारीवाली फिक्का देखिएकी छिन् । न उनको डान्स गतिलो छ न अनुहारको एक्सप्रेसन ।

दिग्गज धौरालीले लेखेको गीतलाई सुरेश लामा र अप्सरा घिमिरेले स्वर दिएका हुन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो फिल्म बैशाख २८ गते रिलिज हुँदैछ । फिल्ममा सलोन बस्नेत, सञ्जित भण्डारी, चाँदनी शर्मा, कुशाग्र भट्टराई लगायतको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment