Comments Add Comment

हेटौंडाबाट प्रदेश राजधानी सारेरै छाड्ने केशव स्थापितको अठोट


१५ फागुन, रामेछाप । प्रदेश ३ का का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले एक देखि डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने बताएका छन् ।

सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा मन्त्री स्थापितले भने, ‘हेटौडा कसैलाई पायक पर्दैन । पायक नपर्ने ठाउँमा राजधानी राखेर हुन्छ ?’

उनले अघि भने, ‘मैले अठोट गरिसकेको छु, प्रदेश ३ को राजधानी काठमाडौं आसापास हुन्छ । एकदेखि डेढ महिनाभित्र राजधानी सरिसक्छ ।’

स्थापितले माझी समुदायको लदी पूजालाई पर्वको रुपमा सूचिकृत गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रविधिले खोसेको माझीको माछा मार्ने र डुंगा चलाउने पेसालाई अब नयाँ हिसावले अघि बढाउनु पर्ने पनि उनले बताए । माझी समुदायको पेसासँग जोडिएको शिप विकास तथा साधन र श्रोत जुटाउन प्रदेश सरकारले जति पनि खर्च गर्न सक्ने प्रदेश सरकारका मन्त्री स्थापितले बताए ।

कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेलले माझी भाषा र संस्कृतिको संरक्षणको लागि प्रदेशको कानुनमा नै समावेश गर्न आफू लागि पर्ने बताए । अर्की सांसद रिता माझीले माझी समुदायले आप\mनो संस्कार र संस्कृतिको संरक्षणकै लागि संघर्ष गरि रहनुपरेको बताइन् ।

माझी समुदायले हरेक वर्षको फागुन महिनाको तेस्रो मंगलबार धुमधामका साथ लदी अर्थात नदी पूजा पर्व मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment