Comments Add Comment

स्ट्यान्डर्ड चार्टर्ड र नेपाल मेडिसिटी हस्पिटलबीच रणनीतिक साझेदारी

१५ फागुन, काठमाडौं । स्ट्याण्र्ड चार्टर्ड नेपाल र नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता भएको छ ।

बैंकले आफ्ना प्राथमिकता प्राप्त ग्राहक एवं डेबिट र क्रेडिट कार्ड ग्राहकहरुका लागि सेवा उपलब्ध गराउन हस्पिटलसँग समझदारी गरेको हो । स्ट्याण्र्ड चार्टर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौतामा हस्ताक्षर कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महत्तो पनि उपस्थित थिए ।

सम्झौताअनुसार, बैंकका प्राथमिकताप्राप्त ग्राहकहरुलाई विशेष ‘मेडिसिटी प्राइभी प्रोग्राम’ को निशुल्क सदस्यता उपलब्ध गराइनेछ । यो कार्यक्रमअन्तर्गत, यस्तो सदस्यता प्राप्त गर्नेले हस्पिटलले उपलब्ध गराउने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छूट तथा निशुल्क पहिलो स्वास्थ्य परामर्श, टेली-परामर्श, स्वास्थ्यमा पहुँचसम्बन्धि कुराकानी एवं सचेतता जाँचजस्ता सेवा पाउनेछन् ।

मेडिसिटीले नेपालमैं पहिलोपटक पि्रमियम मेडिकल प्याकेज ‘अभिभावकप्रति समर्पित’ सार्वजानिक गर्दैछ । बैंकको हस्पिटलसँगको रणनीतिक साझेदारीअन्तर्गत, बैंकका ‘सिल्भर जेनेरेसन’ -विशेष ग्राहक) र उहाँका अभिभावकहरुलाई विशेष हेरचाहको प्याकेज सेवा निशुल्क प्रदान गरिनेछ । बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुले पनि ‘अभिभावकप्रति समर्पित’ प्याकेजमा ६० प्रतिशतभन्दा बढीको छूट पाउनेछन् ।

सम्झौताअनुसार, बैंकको डेबिट र क्रेडिट कार्ड लिएकाहरुले समेत हस्पिटलले प्रदान गर्ने सेवामा ७ प्रतिशतको छूट पाउनेछन् । यद्यपि, औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामाग्री एवं चिकित्सकको परामर्श शुल्कमा भने यो छूट पाइने छैन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले आफ्ना ग्राहकहरुका लागि समर्पित साझेदारी गर्न पाउँदा बैंक हषिर्त भएको बताउँदै यसले दुई संस्थाबीचको आपसी सहकार्य भविष्यमा थप मजबुद हुने विश्वास व्यक्त गरे ।
उनले व्यक्तिको स्वास्थ्य समग्र सम्पत्तिको महत्वपूर्ण हिस्सा रहेकाले बैंक आफ्ना ग्राहकको स्वाथ्यप्रति सदैव सचेत रहेको र त्यसैकारण उहाँहरुको लाभका लागि यो सम्झौता गरिएको बताए ।
‘अन्तर्राष्ट्रिय बैंक भएकाले हरेक ग्राहक सम्बन्धहरुको मूल्य विस्तार र संरक्षणमा हाम्रो विश्वास छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment