Comments Add Comment

नेपालगंञ्ज उपमहानगरपालिकालाई हिमालयन बैंकको एक लाख ५० हजार सहयोग


१६ फागुन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई एक लाख ५० हजार वित्तीय सहयोग गरेको छ ।

नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा यो सहयोग उपयोग हुने भएको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सोमबार बैंक परिसरमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया व्यक्त गर्दै मेयर डा. राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन लगायतका कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले हिमालयन बैंकलाई धन्यवाद दिदै अन्यलाई पनि आवहान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment