१७ फागुन, काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए ।
फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने ।
मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।
संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4