१७ फागुन, पोखरा । साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा एकेडेमीको सहयोगार्थ पोखरामा मैत्रीपूर्ण भेट्रान्स फुटबल हुने भएको छ ।
साहारा क्लब पोखराको आयोजनामा फागुन १९ गते शनिबार साहारा क्लब पोखराको भेट्रान्स र वेलायतको एफसी केन्ट गोर्खाज भेट्रान्स (युके) बीच च्यारिटी फुटबल हुन लागेको हो ।
खेल हेर्नको लागि १ हजार, ५ सय र २ सय टिकट दर कायम गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक साहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
खेल खेल्न युकेको केन्ट टोली पोखरा आइपुगेको छ । युकेमा बस्दै आएका चन्द्रबहादुर गुरुङको नेतृत्वमा फुटवल खेल्न टोली पोखरा आइपुगेको हो ।
युकेको दक्षिणी सहर केन्टमा बस्ने नेपालीहरु संगठित भएर एफसी केन्ट गठन गरिएको र यसले अनाथ तथा असहायः आश्रित गृहहरुलाई च्यारिटी फुटवल खेलेर त्यसबाट प्राप्त रकम सहयोग गर्नेगरेको एफसी केन्टका म्यानेजर बुद्धि सुनुवारले जानकारी दिए ।
उनले प्रतियोगितामा संकलित सबै रकम तत्कालै खेल मैदानमै एकेडेमीलाई हस्तान्तरण गर्ने बताए ।
साहारा क्लब्द्वारा सञ्चालित साहारा एकेडेमी पोखरा लेखनाथ महानगरपालिका १७ दोविल्लामा छ । जहाँ २८ जना अनाथ तथा असहायः बालकहरु आश्रित छन् । साहारा क्लबले वर्षेनी आयोजना गर्ने आहा ! रारा गोल्डकपबाट प्राप्त आम्दानीपनि सोहि एकेडेमीका लागि क्लबले खर्चिदै आएको छ ।
प्रतिक्रिया 4