Comments Add Comment

यस्तो छ महजोडीको ‘सत्रू गते’को ट्रेलर

 

प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ ब्लकबस्टर रह्यो । ‘जात्रा’ प्रदर्शनको करिब एक बर्षपछि उनले अर्को फिल्म बनाए, सत्रु गते । लामो समय मह संचारमा रहेर माझिएका उनले यसपाली ‘मसलेदार’ फिल्म बनाएको बताए । मधेस र पहाडी मुलको सम्बन्धबाट फिल्मको घटनाक्रम बुनिएको उनको भनाई छ । फिल्मको हालै ट्रेलर सार्वजनिक भयो ।

कुपण्डोलस्थित बि्रक्स क्याफेमा सुक्रबार मध्यन्ह ट्रेलर सार्वजनिक गर्दै उनले फिल्ममा एक्सन, लभ रोमान्स, कमेडी सबै मसला मिसाइएको बताए । फिल्मले दर्शकलाई समग्रमा मनोरञ्जन दिनेमा उनी विश्वस्त देखिए । भने, ‘फिल्म कति चल्छ भन्ने त समयले देखाउँछ । तर दर्शकले फिल्मलाई रुचाउनेछ भन्ने कुरामा म ढुक्क छु ।’

ट्रेलर रिलिजका क्रममा हास्य अभिनेता किरण केसीले थपे, ‘पेट मिचीमिची हसाउँनेछ ।’

ट्रेलर हेर्दा कमेडी जनारको फिल्म जस्तै देखिन्छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल बसुन्धरा भुसाल, राजाराम पौडेल जस्ता हास्य कलाकर्मीको बाहुल्य फिल्ममा देखिन्छ । तर, फिल्म कमेडी जनाराको नबनेको निर्देशक भट्टराईको भनाई थियो । उनले भने, ‘यो सोसल ड्रामा टाइपको फिल्म हो ।’

कार्यक्रममा निर्देशक भट्टराई, किरण केसी, नायिका आँचल शर्मा उपस्थित थिए । पल शाह भने कार्यक्रम सकिने बेला झुल्किए । हरिवंश आचार्य र मदनकृष्ण भने हल बाहिर भलाकुसारी गरिरहेका थिए । केहि समयपछि हस्याङफस्याङ गर्दै शिवहरी पौडेल आइपुगे । उनी आइपुग्दा कार्यक्रम सकिइसकेको थियो ।

हेर्नुस् ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment