+
+
Shares

पौडेल समूहको बैठक : ‘देउवाको विकल्प छ’ भन्न प्रकाशमानको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १८ गते २०:२८


१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध प्रकाशमान सिंहलाई अघि सार्ने भएको छ ।

साथै महामन्त्री शशांक कोइरालाको नाममा सर्वसम्मत भए सिंह पछि हट्नेछन् ।

कांग्रेसमा संसदीय दलको नेता छान्न २१ गते चुनाव तोकिएको छ । पर्सि २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । शुक्रबार प्रकाशित निर्वाचन तालिकाअनुसार आइतबार साँझ ६ देखि साढे ७ सम्म उम्मेदवारी दर्ता हुनेछ ।

पार्टी सभापति देउवा आफैं दलको नेता बन्ने तयारीमा छन् ।

तर, पौडेल समूहको शुक्रबार बसेको बैठकले सिंहलाई अघि सार्ने निर्णय गरेको छ । समूहका एक नेताले भने, ‘कांग्रेसमा शेरबहादुर देउवाको विकल्प छ, उनी निर्विकल्प होइन भन्ने सन्देश दिन पनि उम्मेदवारी दिने निर्णय भएको हो ।’

सभापति देउवा असफल भएको भन्दै सिंहले चुनाव लगतै दलको नेता दाबी गर्दै आएका छन् ।

महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत दलको नेता बनाउने प्रयास पनि भएको थियो । तर, देउवाले कोइरालालाई पनि नछाड्ने र आफैं उठ्ने संकेत दिएका छन् ।

यस्तो छ अंकगणित

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । ३२ भोट ल्याउने उम्मेदवार दलको नेता बन्नेछन् ।

नेताहरुका अनुसार संसदीय दलमा देउवाको बहुमत छ । पौडेल समूहको भोट १९ हो । त्यसमा पनि पछिल्लो समय केही नेता देउवासँग नजिकिएका छन् ।

यस्तै कृष्ण सिटौला समूहका ३ र खुमबहादुर खड्का समूहका ५ सांसद छन् ।

पौडेल समूहकै नेताहरुका अनुसार दलको नेता बन्न सिंह भन्दा देउवालाई सहज छ ।

चुनाव हुँदा सिंहको पक्षमा १९ देखि २३ भोट आउने पौडेल समूहको विश्लेषण गरेको छ । तर, पछिल्लो समय देउवाप्रति असन्तुष्टि बढेको र सिटौला र खड्का समूहको सबै मत आए परीणाम के हुन्छ भन्न नसकिने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?