Comments Add Comment

ढल्यो २५ वर्षे वाम किल्ला, त्रिपुराले ‘माणिक होइन, हिरा रोज्यो’

१९ फागुन, काठमाडौं । सन् २०१३ को विधानसभा चुनावमान भारतीय जनता पार्टीले त्रिपुरामा ५० उम्मेदवार उतारेको थियो, जसमा ४९ को जमानत जफत भयो । बीजेपीले १.८७ प्रतिशत मात्र भोट पाएको थियो र एक सिट पनि जित्न सकेको थिएन ।

तर, ५ वर्षपछि पुरै तस्वीर बदलिएको छ र २०१८ को विधानसभा चुनावमा बीजेपीले बहुमतका साथ २५ वर्षदेखि कायम रहेको वाम किल्ला ढालेको छ । यसकारण यो ऐतिहासिक पनि छ ।

२०१४ मा केन्द्रको सत्तामा आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तरको विकासको कुरा गरिरहे । उनी प्रधानमन्त्री बनेको चार वर्ष पनि पुरा भएको छैन र पूर्वोत्तरको ‘सेभेन सिस्टर्स’ मध्ये असम, अरुणाच प्रदेश र मणिपुरमा बीजेवी सत्तामा छ ।

अब त्रिपुरामा पनि सरकार बनाउनेछ ।

६० सिटको विधानसभामा बीजेपी गठबन्धानले ४० बढी सिट जित नजिक छ भने वाम पार्टीहृरु केबल १५ सिटमा समेटिने अवस्था छ ।

‘चोलो पलटई’को नारा

सम्पूर्ण पूर्वोत्तरमा कमल फूलाउन लागेका प्रधानमन्त्री नरेन्द्र मोदी आफैं चुनाव प्रचार प्रसार अभियासान सहभागी भए र उनले ‘चोलो पलटई’ – आओ बदलौं’ को नारा दिए ।

यसक्रममा उनले बेरोजगारीका साथै भ्रष्टाचारलाई पनि चुनावी मुद्दा बनाएका थिए । साथै ‘मणिक होइन, हिरा चाहियो’ भन्ने नाराले पनि धेरैलाई छायो । उनका अनुसार हिराको अर्थ एच-हाइवे, आई-आईवे -डिजिटल कनेक्टिभिटी), आर-रोडवेज र ए- एयरवेज हो ।

त्रिपुराका लागि भने उनले थ्री-टी को नारा दिए, जसको अर्थ ट्रेड, टुरिजम र ट्रेनिङ -युवाहरुका लागि) हो । अहिले त्रिपुरामा यो नै सबैभन्दा ठूलो मुद्दा बनेको छ ।

थ्री टीको नाराले जितेको मन

त्यहाँका मानिसहरुका लागि मणिक सरकार ठूलो समस्या थिएन तर, रोजगारीका लागि परिवर्तन चाहन्थे । उनीहरु परिर्वतान चाहन्छ ताकि विकासको गति तीव्र होस् ।

पूर्वोत्तरका जानकार एवं वरिष्ठ पत्रकार सन्दीप फुकन भन्छन्, ‘यो होइन कि मणिक सरकारले प्रदर्शन नै गरेन । २५ वर्ष लामो समय हो । सरकारले काम त गरिरहेको थियो तर, मानिसहरुलाई कि यसलाई परिर्वतन गर्दा विकासले गति पाउँछ ।’

उनका अनुसार मणिक सरकारले धेरै ध्यान स्वास्थ्य र शिक्षा, त्यसमा पनि विशेष गरेर प्राथमिक शिक्षामा बढी थियो । तर, उच्च शिक्षाका लागि बाहिर जानु पर्‍यो । उद्योगधन्दा नहुँदा रोजगारीको अवसर नपाउनु पनि समस्या रहृयो ।

युवाहरुको ठूलो संख्यालाई हेरेर बीजीपीले थ्री-टीको नारालाई जोडतोडले प्रचार गर्‍यो ।

सोनमुरामा भएको र्‍यालीमा प्रधानमन्त्री मोदी आफैं भनेका थिए कि चुनाव बीजेपीले होइन, ८ लाख बेरोजगार युवा र सातौं तलब आयोगबाट टाढा रहेका कर्मचारीले लडिरहेका छन् । उनले भनेका थिए, वामको २५ वर्षमा राज्य पछाडि पर्‍यो । त्रिपुराका मानिसहरु आज पनि चौथो तलब आयोग अनुसार तलब पाउँछन् जबकी पुरा देशमा सातौं तलब आयोग लागू भएको छ ।

कांग्रेस नहुनेका लाभ

देशमा सँगै राज्यमा कांग्रेस अस्तित्वमा नहुनुको फाइदा पनि भारतीय जनता पार्टीले नै लियो ।

सुबीर भौमिक भन्छद्धन्, ‘कांग्रेस, जो कुनै समय यहाँ हावी थियो, उ कमजोर हुनुको फाइदा भाजपाले भयो ।’ तर, बीजेपीले त्यही गर्नुपर्छ, जुन कांग्रेसले गरेको थियो । भन्छन्, संघ र भाजपाले हिन्दुत्वको कीर्तन बन्द गर्नुपर्छ र मानिसहरुको मनसम्म प्रभावकारी रुपमा पुग्ान राम्रो राणनीति बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment