+
+
Shares

‘लुट’को शैलीमा निकेशको ‘मुखौटा’

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते १२:५३

म्यूजिक भिडियोमा निर्देशक निकेश खड्काले कथा खोज्छन् । ‘बहुला, छोरी अन्माउँदा’ जस्ता भिडियोले पनि उनको कथात्मक प्रस्तुतिलाई छल्काइसकेका छन् । उनै, निकेशले फरक शैलीमा ‘मुखौटा’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् ।

निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘लुट’बाट यो भिडियो प्रभावित छ, जसमा बैंक लुट्ने लुटेराहरुको कथालाई प्रस्तुत गरिएको छ । सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ ।

भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?