+
+
Shares

सांसदलाई सपथ महेन्द्र रायले होइन, महन्थले गराउने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते ८:५७

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुलाई राजपा नेता महन्थ ठाकुरले सपथ खुवाउने भएका छन् ।

नागरिकतामा भएको त्रुटीका कारण राजपाका सांसद मेहन्द्र राय यादव जेष्ठ सदस्य बनेका थिए । उनले नै सांसदहरुलाई सपथ गराउने तय भएको थियो ।

तर, अन्तिम समयमा आएर उनले आफू सपथमा अनुपस्थित हुने सूचना दिएका छन् । नागरिकताका आधारमा त म नै जेष्ठ सदस्य हुँ तर, सार्वभौम संसदको सम्मान गर्नुपर्छ । त्यसैले मैले सपथ नगराउने निर्णय लिएको छु’ उनले भने ।

अब ७५ वर्षीय ठाकुरले शपथ गराउने संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

ठाकुरलाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । त्यसपछि ठाकुरले सांसदहरुलाई सपथ गराउनेछन् ।

प्रतिनिधिसभा सदस्यहरुको सपथ ग्रहण समारोह दिउँसो ३ बजे संसद भवनमा राखिएको छ ।

महेन्द्र राय यादवले भने भोलि सपथ लिनेछन् ।

यो पनि पढ्नुहोस्

६३ वर्षे महिन्द्र यादव प्रतिनिधिसभामा ‘नक्कली’ ज्येष्ठ सदस्य !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?