२० फागुन, विराटनगर । विराटनगरलाई क्लिन सिटीको रुपमा विकास गर्ने अभियान सुरु गरिएको छ ।
क्लिन सिटी बनाउने अभियानमा महानगरले युवाहरुसँग जोडिएका ५० भन्दा बढी संघसंस्थाहरुको सहकार्यमा अभियानलाई अगाडि बढाइएको हो ।
औद्योगिक नगरी समेत रहेको विराटनगर फोहर मेलाका कारण दुर्गाधित बनेपनि महानगरपालिकाका मेयर भीम पराजुली आफै सडकका फोहर सफा गर्ने अभियानमा जुटेका छन् ।
विराटनगरको बी प्लटमा आइतबार एक कार्यक्रमको आयोजना गरेर मेयर पराजुलीले अभियानको शुभारम्भ गरेका थिए ।
महानगरको अगुवाइमा दाह्री समूह, बिङ नेपाली, युथ नेपाल, नेप्लिज टिन्सको लगायत संस्थाले क्लिन सिटी बनाउने अभियानमा सहकार्य गरेका छन् ।
क्लिन सिटी बनाउने अभियानको पहिलो दिन ठूलो संख्यामा युवा युवतीहरुको सहभागिता नगरका विभिन्न क्षेत्रमा सफाइ गरिएको छ ।
सफाइको अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने महानगरले जनाएको छ ।
सडकका पेटी तथा सडकको दायाँवायाँ रहेको फोहर उठाउने कार्यमा मेयर पराजुली आफै जुटेका थिए ।
मेयर पराजुलीलाई नगर सफाइका क्रममा संस्थाको अभियान्ताहरुले सहयोग गरेका थिए ।
सडकमा पान पराग गुटखा तथा कागज तथा प्लास्टिकजन्य फोहरहरु वढिमा मात्रामा भिटिएका थिए ।
महागनरपालिकाका नगरप्रहरीहरु समेतले फोहर उठाउने अभियानमा सहयोग गरेका थिए ।
मेयर पराजुलीसहितको टोलीले बी प्लट, मेन रोड, पत्रकार महासंघ, शनसारी माईस्थान तथा जलजला चौक लगायतका सडकका पेटी तथा छेउछाउमा रहेका फोहर सफा गरेका थिए ।
महानगरका अनुसार नगर क्षेत्रबाट दैनिक ९० देखि १ सय टन फोहर उत्पादन हुँदै आएको छ । जसमा १० प्रतिशत अस्पतालजन्य फोहर हुने गरेको छ ।
प्रतिक्रिया 4