Comments Add Comment

फेसबुकमा भर पर्दा बन्द हुन पुग्यो विश्वकै चर्चित वेबसाइट

भिजिटरका लागि फेसबुकमा भर पर्ने न्यूज पोर्टलहरुले खराव समयको सामना गर्नुपर्ने अबस्था आएको छ । फेसबुकले गरेको नीतिगत परिवर्तनको शिकार एउटा ‘ठूलो माछा’ भएको छ ।

महिलाहरूका प्रेरणादायक विषयवस्तु तथा ‘हाउ टू’ मा केन्द्रित सामग्री पस्किने विश्वचर्चित वेबसाइट ‘लिटल थिङ्ग्स’ शनिबारबाट बन्द भएको छ ।

सन् २०१६ मा मात्रै अमेरिकामा रहेको सिटी नेसनल बैँकबाट उसले ठूलो ऋण लागानी पाएको थियो । त्यतिबेला लिटल थिङ्ग्स संसारकै सबैभन्दा ठूलो अनलाइन लाइफस्टाइल प्रकाशक मध्येमा गनिन थालिएको थियो । सन् २०१५ मा सबै भन्दा लोकप्रिय फेसबुक पोस्ट उसैको थियो ।

तर, विगतका केही महिनाहरूमा कम्पनीले असहज स्थितिको सामना गर्नुपर्यो । बिजनेस इन्साइडरले छापेको सीइओ जि स्पाइजरले आफ्ना कर्मचारीहरूलाई लेखेको पत्रमा पनि त्यही कुरा उल्लेख गरिएको छ ।

स्पाइजरले पत्रमा भनेका छन्, ‘गत वर्षको अगस्ट महिनादेखि कम्पनीले ठूलो नोक्सान भोग्न थालेको थियो तर, लिटल थिङ्सले छिट्टै नै बदलिँदो परिस्थिति अनुसार आफूलाई ढाल्यो र नयाँ आर्थिक स्रोतहरू पहिचान गर्यो ।’ स्पाइजरले ठूला मिडियाहरूलाई उनको संस्था किनिदिन पनि आग्रह गरे ।

त्यतिकैमा फेसबुकले फेरि आफ्नो अलगोरिदममा परिवर्तन ल्यायो । नयाँ अल्गोरिदम लागू भइसकेपछि फेसबुकले समाचार प्रकाशकहरूले गरेको भन्दा प्रयोगकर्ताका साथीहरूले गरेका पोस्टलाई महत्व दिन थालेको थियो । स्पाइजरका अनुसार यो परिवर्तनले लिटल थिङ्ग्सकमा आउने ट्राफिक ७५ प्रतिशतले घट्यो ।

फेसबुकले बेलाबखतमा आफ्नो अल्गोरिदम परिवर्तन गर्ने गरेको छ तर यो पुराना परिवर्तनहरूले यति ठूलो विनाश निम्त्याएका थिएनन् ‘, उनले पत्रमा लेखेका छन् , हामीले आफूलाई निकै अप्ठ्यारो परिस्थितिमा पायौँ । लिटल थङ्ग्स एक्वायर गर्न तयार भएको कम्पनी पनि डराएर भाग्यो अनि हामीसँग बैँकलाई तिर्ने पैसा भएन । त्यसैले हामीले हाम्रो यात्रालाई यही विश्राम गर्नु पर्ने अवस्था आइपुग्यो ।

वेबसाइटका प्रधान सम्पादक माया मेक्कनले पाठकलार्इ गुडबाइ नोट लेख्दै भनेका छन्- ‘मेरा प्यारा पाठकहरू मैले यहाँहरूलार्इ मिस गरिरहने छु, यहाँहरूका प्रतिक्रियालार्इ मिस गरिरहने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment