Comments Add Comment

संघीय फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्रीमा मनाइँदै


२० फागुन, काठमाडौं । वाम गठबन्धनको सरकारमा सहभागी हुन तीन मन्त्रालय मागेको संघीय समाजवादी फोरमलाई सहमतिमा ल्याउने प्रयास आइतबार दिनभर जारी रहृयो ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथग्रहणपछि संसद भवनमै शीर्षतहमा भएको वार्तापछि फोरम सहमतिको नजिक पुगेको छ ।

फोरमसँग संविधान संशोधनका सन्दर्भमा दुईबुँदे सहमति भए पनि मन्त्रालयको भागबण्डा नमिलेका कारणमात्रै सहमति सार्वजनिक नभएको हो । आइतबार दुई चरणमा ओली, प्रचण्ड र उपेन्द्र यादवबीच वार्ता भएपछि सहमतिको नजिक पुगेको उच्च स्रोतको दावी छ ।

तीन मन्त्रालय मागेको फोरमलाई २ मन्त्रालय र एक राज्यमन्त्री दिएर मनाउने वाम गठबन्धनका नेताहरुको तयारी छ । त्यसो त उपेन्द्रलाई राजेन्द्र श्रेष्ठले अप्ठेरो पारेको चर्चा पनि फोरममा चलेको छ ।

सहअध्यक्ष समेत रहेका श्रेष्ठ आफू मन्त्री बन्न भगिरथ प्रयत्न गरिरहेका छन् ।

उपेन्द्र यादव आफैं मन्त्री हुँदा राजेन्द्र मन्त्री हुन नपाउने डरले पनि वार्ता प्रभावित पारेको आरोप छ । फोरमबाट दुई मन्त्री हुँदा उपेन्द्र र रेणु यादव वा सरिता गिरीमध्ये एक हुने सम्भावना छ ।

तीनजना मन्त्री पाउँदा राजेन्द्र पर्न सक्ने भएकाले उनले वार्ता प्रभावित पारिरहेको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment