+
+
Shares

२१ तस्वीरमा हेर्नुस् सांसदको सपथमा देखिएको विविधता

विकास श्रेष्ठ/ चन्द्र आले विकास श्रेष्ठ/ चन्द्र आले
२०७४ फागुन २१ गते २:३०

२० फागुन, काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई  संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा सपथ गराएका हुन् ।

सपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । सपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना जातीय पहिचान झल्कने पोशाकमा आएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका सभापति शेरबहादुर देउवा

राजपा सांसद चन्दा चौधरी र फोरम सांसद प्रदिप यादव
एमाले सांसद नविना लामा । उनी विद्यार्थी नेतृ पनि हुन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको लिफ्ट दिएर संसद भवनमा पुगेका पूर्वडीआईजी सांसद नवराज सिलवाल
राजपा अध्यक्ष महन्थ ठाकुर, जसले सांसदहरुलाई सपथ दिलाएका छन्
माओवादी अध्यक्ष प्रचण्ड सपथका लागि सभाहलतर्फ जाँदै
एमाले महासचिव ईश्वर पोखरेल दुई संविधानसभामा उपस्थित हुन सकेनन् । तर, यो पटक चुनाव मात्र जितेनन्, रक्षामन्त्रीको जिम्मेवारी पनि पाएका छन् ।
प्रचण्डकी बुहारी समेत रहेकी विना मगर प्रत्यक्ष चुनाव जितेर सांसद भएकी छन् ।
एमाले सचिव योगेश भटट्टराई र किसान श्रेष्ठ । श्रेष्ठ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराएर सांसद बनेका हुन् ।
वर्षमान पुन र ओनसरी घर्ती मगर श्रीमान श्रीमती हुन् र दुबैले सांसद हुने सौभाग्य पाएका छन्
गंगा चौधरी सत्गौ एमाले सांसद हुन् । अघिल्लो संविधानसभामा थरुहट पार्टीबाट सभासद बनेकी उनी नयाँ शक्ति हुँदै एमालेमा पुगेकी थिइन् ।
उद्योगी मोती दुगड एमालेबाट सांसद बनेका हुन् । एक समय आफ्नै पार्टी खोलेर हिडेका उनी यो पटक एमालेको समानुपातिकबाट सांसद बने ।
राजपा नेता राजेन्द्र महतो सपथका लागि जाँदै
पूर्वकमलरी समेत रहेकी शान्ता चौधरी ।
राजपा छाडेर स्वतन्त्र समूह बनाएका हृदयेश त्रिपाठी एमालेको चुनाव चिन्हबाट जितेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?