Comments Add Comment

धनुषा प्रहरीले समात्यो ६ जुवाडे


२१ फागुन, जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले जुवा खेल्ने ६ जनालाई पक्राउ गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–७ स्थित तारापट्टी बजारमा रहेको राजु मिट हाउसमा जुवा खेलिरहेका ६ जना पक्राउ परेको जानकारी धनुषा प्रहरीले दिएको छ ।

प्रहरीका अनुसार जुवा खालबाट मिथिला बिहारी नगरपालिका– ६ का ५० वर्षीय कारी साह, २५ वर्षीय रोशनकुमार साह, ४५ वर्षीय अशोक साह र ६० वर्षीय मोती साह पक्राउ परेका छन् । त्यसैगरी, बेचु भगत र रामबाबु साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुवा खेल भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले १ लाख ११ हजार १ सय १६ नगद, विभिन्न कम्पनीका ५ थान मोबाइल सेट र ३ बुक तास बरामद गरेको छ ।

पक्राउ परेका ६ जनामाथि थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment