Comments Add Comment

रानीपोखरीको ऐतिहासिक वस्तुहरु मेटाएको भन्दै प्रहरीमा उजुरी

२१ फागुन, काठमाडौं । रानीपोखरी पुनर्निमाण गर्दा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु मेटाएको भन्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।

काठमाडौं स्कुल अफ लका विद्यार्थी, वकिल, पत्रकार, नागरिक समाजका अभियन्ता लगायतले जाहेरी दिएका हुन् ।

पुनर्निमाण गर्दा प्रताप मल्लले बनाएको ऐतिहासिक वस्तुहरुलाई मेटेर कङ्क्रिट बनाएको भन्दै त्यसमा संलग्न ठेकेदार, काठमाडौं महानगरपालिका र पुरातत्व विभागका कर्मचारी लगायतलाई कारबाही गर्न माग गरिएको छ ।

प्राचिक सम्पदा, पुरात्विक महत्वका वस्तु वा क्षेत्र नासे, विगारेमा अपराध हुने प्राचिन स्मारक ऐन, २०१३ मा उल्लेख छ ।

जाहेरी दिनेहरुले महानगरपालिका लगायतलाई ऐन अनुसार कारबाहीको माग गरेको परिसरका डिएसपी मोहन थापाले अनलाइनखबरलाई बताए ।

‘जाहेरी आएको छ, प्राचिक महत्वको कुरा मेटिएको हो होइन भन्ने अनुसन्धान हुन्छ’, थापाले भने, ‘पुरातत्व विभाग र महानगरपालिकासँग सोधपुछ गरेर हामी भेरिफाइ गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment