Comments Add Comment

‘हुर्रे’को कमेडीले दर्शकलाई कति तान्ला ?


नेपालमा कमेडी चलचित्रले राम्रै व्यापार गरिरहेका छन् । दर्शकले, कमेडी कथालाई पस्किएका चलचित्रलाई रुचाएको पाइन्छ । दर्शक हलमा पुगेर पूर्ण मनोरञ्जन लिन चाहन्छन् । यसैले, पनि मेकरहरु चलचित्रमा कमेडी कथा पस्कन लालयित छन् ।

शुक्रबारदेखि यस्तै रमाइलो कथा बोकेको चलचित्र ‘हुर्रे’ रिलिज हुँदैछ । यम थापाले निर्देशन गरेको यो चलचित्रमा नायिका केकी अधिकारीदेखि हाँस्य कलाकार राजाराम पौडेलसम्म छन् । यस्तै, नायक अनुप विक्रम शाही, अंकित खड्का, संगिता नापित लगायतका कलाकारलाई पनि दर्शकले पर्दामा देख्न पाउनेछन् ।

चलचित्रको ‘ठेकीमा दहि’ बोलको गीत चर्चामा छ । चलचित्रमा नायिका केकी अधिकारी केटा फसाउने यूवतीको भूमिकामा देखिएकी छिन् । केकी चलचित्र उत्कृष्ट बनेकाले आफू उत्साहित भएको बताउँछिन् ।

चलचित्र ‘राज्जा रानी’को असफलताका कारण पनि केकीका लागि यो चलचित्र चल्न आवश्यक छ । पशुपति क्षेत्रमा खिचिएको चलचित्रलाई लिएर यसको मेकर उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment