+
+
Shares

रानीपोखरीको पुनःनिर्माणका विषयमा महानगरका कर्मचारीविरुद्ध प्रहरीमा उजुरी

रासस रासस
२०७४ फागुन २१ गते १४:१८

२१ फागुन, काठमाडौं । नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपमा सम्पदा संरक्षणकर्मीको एक समूहले महानगरपालिकाविरुद्ध प्रहरीमा उजुरी गरेको छ ।

महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको उजुरीमा कानून विपरीत पुनर्निर्माण गर्न लागिएको भन्दै अनुसन्धान गर्न माग गरिएको छ ।

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौँ महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी, रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएका वर्ल्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्ष बनाएर मुद्दा दर्ता गरिएको हो ।

रानीपोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यान नदिई जथाभावी पुनःनिर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी मुद्दा दर्ता गरिएको सम्पदाप्रेमी मोनालिसा महर्जनले बताए ।

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको झण्डै ४०० वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण हाल विवादका कारण स्थगित छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?