Comments Add Comment

श्रृष्टीको प्रेममा निराजन, देखियो यस्तो रोमान्स


मोडल निराज प्रधान र श्रृष्टी खड्का एक रोमान्टिक म्यूजिक भिडियोमा एकसाथ देखिएका छन् । यी दुइलाई रोमान्टिक अवतारमा निर्देशक निशान घिमिरेल प्रस्तुत गरेका हुन् । ‘तिमी विना’ बोलको गीतमा निराजन र श्रृष्टीको रोमान्स हेर्न सकिन्छ । गायक नवराज थापाको आवाज तथा राजकुमार बगरको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई निर्देशक निशानले आकर्षक बनाएका छन् ।

अर्जुन तिवारीले छायांकन गरेको भिडियोेको सम्पादन विकास ढकालले गरेका हुन् । गीतमा गायकले एक यूवक आफ्नी प्रेमिका विना कस्तो अवस्थामा हुन्छ भन्ने बर्णन गरेका छन् । निर्देशक घिमिरेले पनि गीतको भाव अनुसारकै भिडियो तयार पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment