२२ फागुन, काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रीलालबाबु पण्डितले अहिल प्रतिपक्षी आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका छन् । फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सिसम्म मन्त्रिमण्डल विस्तार हुने उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डिलले एक/दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताए । उनले अघि भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौं । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।’
अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोहीपनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4