Comments Add Comment

फर्किए पाकिस्तानी प्रधानमन्त्री अब्बासी

२२ फागुन, काठमाडाैं ।  दुई दिने नेपाल भ्रमण पूरा गरेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् ।

त्यसअघि उनले अब्बासी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।

अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।

अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment