बिहीबार, १३ वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

संसदमा प्रचण्डको प्रश्न- ठग र भ्रष्टाचारीलाई कसले ठेगान लगाउने ?

अनलाइनखबर

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म देश अघि बढ्न नसक्ने बताएका छन् ।

संसद बैठकमा संबोधन गर्दै प्रचण्डले राज्य संरचनामा सुशासन र भ्रष्टाचार ब्याप्त रहेकाो भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए ।

‘सुशासन हामी आफैंभित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ’ उनले प्रश्न गरे ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’

प्रचण्डले राजनीतिक दलहरु विगतका त्रुटी सच्याएर अघि बढ्न तयार हुनुपर्ने बताए ।

‘अब त्रुटी सच्याउन राजनीतिक दलहरु तयार हुनुपर्छ, राष्ट्र र जनताका निम्ति जस्तोसुकै तपस्या र त्याग गर्न तयार हुनुपर्छ’ उनले भने ‘हिजोजस्तो बेथितिका लागि प्रतिस्पर्धा गर्ने, हिजोजस्तो पदका निम्ति जस्तोसुकै जे गर्न पनि तयार भएको अवस्था अब हुनुहुँदैन, पुरानो तरिका अपनाउने छैनौं ।’

संसदमा सत्तापक्ष र प्रतिपक्षको नाममा अनेक विकृति भित्र्याउने प्रतिस्पर्धा पनि अब नहुने प्रचण्डले दाबी गरे ।

प्रचण्डले छिमेकीसँगको सम्बन्धनमा पनि सन्तुलन कायम गर्ने बताउँदै भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दावी गरे । उनले भने ‘अब न चीन परस्त, न भारत परस्त हामी सबै नेपाल परस्त, हामी अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’

प्रचण्डले नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने पनि दावी गरे ।

प्रधानमन्त्री संविधान संशोधन गर्न तयार हुनु सकारात्मक

प्रचण्डले प्रधानममन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मधेसी दलसँगको छलफलमा संविधान संशोधनका लागि तयार रहेको प्रधानमन्त्रीले बताउनुले सबै समुदायबीच एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सघाउने बताउनुले प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्ने संकेत देखिएको बताएका हुन् ।

अब हिंसा र विद्रोह स्वीकार्य छैन

प्रचण्डले बिद्रोह र आन्दोलन नगरी माग पूरा गर्ने बाटो संविधानले नै दिएको भन्दै अब हिंसा र आन्दोलनको आवश्यकता नरहेको दावी गरे । ‘राजनीतिक माग पूरा गर्न संविधानले बाटो दिएको छ ।

संविधानलाई समृद्ध गर्दै लैजाने परिवर्तन गर्दै लैजाने आधारभूत मान्यता सुरक्षित गरिएको छ’ उनले भने ‘बिद्रोह र आन्दोलन गर्न नपर्ने गरी माग पूरा गर्ने अवस्था सुनिश्चित गरेको छ ।’

विगतमा जस्तो आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गरेको ठहर्ने प्रचण्डको जिकिर छ ।

‘हिजोको जस्तै आन्दोलन र हिंसाको कुरा गर्छ भने जनताको परिवर्तन, अभिमत र विश्वासमाथि कुठाराघात हुन्छ’ उनले भने ‘अब समृद्धि र विकास र सुशासनको निम्ति लडाई हुँदैछ । यसमा प्रतिस्पर्धात्मक ढंगबाट अघि बढ्नुपर्छ ।’

प्रचण्डले अबको लडाइँ विकास र समृद्धिको निम्तिमात्रै हुने दावी गरे । राजनीतिक क्रान्ति पूरा भए पनि मुलुकको अवस्था राम्रो नभएको, कर्मचारीतन्त्र, न्याय क्षेत्रमा धेरैखालको बेथिति रहेकाले त्यसको सुधारका लागि लडाइँ आवश्यक रहेको बताए ।

‘हामीले विरासतमा जे पाएका छौं त्यो राम्रो छैन । हाम्रो कर्मचारीतन्त्र, न्याय क्षेत्र छैन, हामीले समाजवाद उन्मुख भनेका छौं, त्यसका लागि अनुकुल छैन, धेरै खालका बेथिति छन् ।’

सँधै आन्दोलनको केन्द्रविन्दुमा

प्रचण्डले आफू ०४६ सालपछिको नेपालको राजनीतिको केन्द्रमा रहेको दावी गरेका छन् ।

‘०४६ सालपछिका सम्पूर्ण केन्द्रविन्दुमा रहेको पाउँछु’ उनले भने ‘यसमा सकार वा नकार जस्तो भए पनि हामी केन्द्रविन्दुमै छौं, अहिले संसदमा बोल्ने बेलामा पनि केन्द्रविन्दुमा नै छु ।’

२०७४ फागुन २२ गते १२:३१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१३ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १२:४५

    भ्रष्टाचारी र ठगहरुलाई ठेगान लगाउन भनेर,

    बनाईएका संगठन(कार्यालय) र थापीएका सब पासोहरु,

    निकम्मा भएकै हुन् त् कामरेड ?

    एक पटक जनता गुहार्नुस हामीले सकेनौ भनेर,

    उपाय जनताले निकालीदिन्छन l

    19
    1
    Share

  • कुशलदेव घिमिरे लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १२:४७

    कसले ठेगान लाउनु नि, अव वामगठबन्धनकाे सरकारले।
    सुरु नेताहरु अनि मालपाेत, यातायात , भन्सार बाटै।

    20
    1
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १३:२१

    संसदमा प्रचण्डको प्रश्न- ठग र भ्रष्टाचारीलाई कसले ठेगान लगाउने?
    शीर्षक पडियो, “आफ्नो आखाँको कसिंगर आफैले निकाल्न मिल्दैन” भने जस्तो आफै ले आफैलाई कारवाही गरि ठेगान लगाउन नसक्ने निष्कर्षमा पुगियो l एक अंखोरा पानि खाएर यो खबर नपड़ने निधो गरियो l

    15
    1
    Share

  • Amit Kumar Bhandari लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १३:४४

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म देश अघि बढ्न नसक्ने बताएका छन् – यस भनार्इ संग म १०० पर्तिसत सहमत छु जति सक्दो चाडो यसको लागी कठोर कदम चालियोस………………..

    11
    0
    Share

  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १३:५४

    ठग र भ्रष्टाचारीहरुलाई जनताले ठेगान लाउनुपर्ने हो तर लाइएन किनकि त्यस्ता ब्यक्तिहरुको अग्रपङ्तिमा पर्चण्ड लगायतका नेताहरु नै रहेको कुरा जनतालाई राम्ररी थाहै होलान् त नि । कसैको हस्तक्षेप विना पूर्ण निष्पक्ष छानविन गरेमा सबै कुरा स्पष्ट हुन्छ नै, त्यसमा बोलिराख्नुपर्ने किन त ।

    1
    1
    Share

  • nabin लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १३:५८

    Kamred Prachanda pahila Aafailai Prasna Garnus ? Desh Ko Sabbhanda Thulo Bhrastachari Ko Ho? Ladakuko Rakam Bare Yahako K Bhanai Chha ? Tapaile Gareko Andolanma Bhayako Hinsatmak Danda ko Aadharma Tapai Apradhi Ho Ki Hoina ? Neta Bhay Bhandaima J Pani Bolne K Janta Beda Bakra Hun ?

    2
    8
    Share

  • Ram Thapa लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १४:०७

    Hajur lai कसले ठेगान लगाउने ?

    6
    10
    Share

  • rajhaans लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १४:२२

    प्रसंग निकालिन्छ, केही लेख्न मन लागि हाल्छ । कडा कानुनले मात्र भ्रष्टाचार रोकिन्न, नपत्याए उत्तरी छिमेकीलाई हेरौं । मृत्युदण्ड दिइरहिएको छ र भ्रष्टाचार रोकिएको छैन ।

    राजनीतिको भित्रभित्रसम्म तस्करहरुको सञ्जाल छ । कुनै दललाई मात्र यो अभियोग लगाउनु पर्ने स्थिति छैन । जग्गा तस्कर, स्वास्थ तस्कर, शिक्षा तस्कर, नीति तस्कर, विजुली तस्कर, यातायात तस्कर हामीले हरेक दिन एउटा न एउटा समाचार यही अन्तर्वस्तुमै रुमलिएको पाइरहेका छौं । कुनै कानुन विपरित कामकारवाही गर्ने व्यक्तिलाई राजनीतिबाट अलग्याउन नसक्नु, बरु उल्टो संरक्षण दिइनु नै बर्तमान विकराल समस्याको जड हो । खराब विगत जसले जसरी गरेको भएपनि कुनै न बिन्दुबाट रोकिनु नै पर्दछ । अरुको कुकृत्य आफ्नू कुकृत्य लुकाउने नजिर बनाउन छाडिनु पर्दछ । देशलाई आवश्यक चुस्त दुरुस्त कर्मचारी संयन्त्र र त्यसलाई सहज बनाउने अरु संयन्त्रहरु राजनैतिक हस्तक्षेपकै कारण हास्यास्पद स्थितिमा पुगेका छन् । फलानो कार्यालयको हाकिम चिनेको छ छैन वा छ भने पनि उसको आस्था कतातिरको छ भनेर हरेक तहबाट खोजी हुने बनायौं, यो कुनै पनि देशका लागि सही पद्धति हुँदैनथ्यो, यहाँ पनि भएन ।
    भ्रष्टाचारको जड हातमा पैसा पर्नु नै हो । त्यसैले एउटा वडा वा गाऊँबाट त्यहाँका जनताको सम्पूर्ण तथ्यांकलाई अनलाइन बनाउन पहल गर्नु होस् । उसको आय कति हो ? पेशा के हो ? आदि कुराहरु पारदर्शी बनाई उसले राज्यलाई तिर्नुपर्ने सबै किसिमका करहरु सिस्टमले हिसाब गर्ने र सिष्टमबाटै तिर्नुपर्ने व्यवस्था शुरु गर्नु होस् । त्यो सिस्टमको मनिटरिङ्ग गर्न विशेषज्ञको विशेष टोली बनाउनु होस् । अरु कुरा के गर्नु यातायातभित्रका समस्याहरु चालक वा सहचालकका हातमा पैसा नपर्ने बनाइए ९० प्रतिशत त्यत्तिकै समाधान हुन्छन् । जेजति भद्रगोल भएको छ, हातमा पर्ने पैसाले भइरहेको छ ।

    हरेक कार्यालयमा खोलिएका दलका भातृसंगठनहरु तुरुन्त बन्द गरिनु पर्दछ र एउटा मात्र गैर राजनैतिक युनियन बनाइनु पर्दछ । कर्मचारीलाई कामप्रति र कार्यालयप्रति बफादार बनाउन कडा नियमहरु लेराइनु पर्दछ ।
    निश्चय नै पद्धति बसाउन सजिलो छैन, किन कि यसलाई मिच्नेहरु तपाइँहरुकै दलभित्र पनि छन् । तर दुई तिहाई जनमतको सरकारले पनि यसतर्फ कदम नबढाए यो देश बन्दैन । देशभित्रका विकृति त्यसको कारण आदिका विषयमा हजूरहरुलाई पनि थाहा छ र मलाई पनि थाहा छ । समस्या जनतालाई बताउन संसदको समय नष्ट गर्ने बेला छैन । निराकरणका उपायहरुमा संसदको समय उपयोग गरियोस् । हामी त्यही चाहन्छौं । प्रत्येक संसदलाई ह्विप जारि गर्नु होस् र भन्नु होस् कि समाधानका निस्वार्थ उपाय सहित समस्या लिएर संसदमा आउनु होस् । गहन छलफल चलाएर विपक्षी सहितलाई सहमत हुन वाध्य पार्दै समाधानका उपायहरु निकाली कार्यान्वयन गर्न आजैदेखि शुरु गर्नु होस् ।

    3
    1
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १४:४२

    यो प्रशन गलत छ, कानुनी राज खडा गर कानुन को अक्षरस पालन गर गराऊ, भास्त्राचार मुक्त बनाउनु , महंगी नियत्रण गर्नु सोदेश मा युवा लाई रोजगारी दिनु, बिकाश गति दिनु आँफै सभई ठिक ठाउमा आउञ्छ, तपाई ले चाही केहि गर्नु पर्दैन, भस्मासुर ले छोयो भने सब खलाश !!!!

    2
    1
    Share

  • SKB लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १४:५६

    बुझ्नुपर्छ कि विद्यमान सूचनाको युगमा नेपाली नागरिक त्यति बेबकुफ छैनन् भनेर ।
    किनभने नेपालको द्वन्द्वकाल र त्यसपछिका संक्रमणकालमा धेरैखाले निहीत स्वार्थ एवं प्रवृत्ति भेटिए ।
    जतिसुकै ठूला र आदर्शका कुरा छाँटे पनि तिनका धरातलीय यथार्थता उजागर भएका छन् ।
    तथापि यस गलत प्रवृत्तिलाई निस्तेज पार्ने दूरदर्शी नेतृत्वको खडेरी भने मुलुकमा परेको छ ।

    1
    1
    Share

  • सृजना खड्का लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १५:१६

    कर्मचारीलाई मात्र भ्रष्ट देख्ने नेताहरु अाफू नसुध्रिए देश कसरी सुधार्न सकिन्छ ।

    2
    0
    Share

  • nagen लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १७:१५

    Hoina yi rajniti garnelai laaj saram vanne chij hunnaki kya ho?

    0
    1
    Share

  • Binod Duwadi लेख्नुहुन्छ    |   २०७४ फागुन २२ गते १७:४८

    मुहान सफा गरौ सबै सफा हुन्छ ।
    गरौ न नक्कली लडाकुको अरबौ पैसा , नेपाल आयल निगमले जग्गा खरिद गर्दा अरबौ घोटाला अजय सुर्मागी को ब्यालक मनी सबै छानबिन गरेर जेलमा ठोसौ छातीमा हात राखेर भन्नुहोस्

    0
    3
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this