+
+
Shares

प्रचण्डले भने : अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस्

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १६:२१

९ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।

आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले चुनावको वातावरण सिर्जना गर्नु अहिलेको सरकारको मुख्य काम रहेको बताए ।

‘यो अन्तरिम सरकारले अरू धेरै कुरा गर्छु भन्नुभन्दा चुनावी माहोल बनाउने तिर ध्यान केन्द्रित गरोस्,’ उनले भने ।

सम्पूर्ण सुरक्षा संयन्त्र र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने जिम्मा गृहमन्त्रीको रहेको उनको छ ।

उनले अगाडि भने, ‘मैले अहिले गृहमन्त्रीलाई तोकेर धेरै भन्न चाहन्नँ । तर, सुरक्षा र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने जिम्मा गृहमन्त्रीकै छ । त्यसैले अरू कुरामा ध्यान दिनुभन्दा चुनाव गराउन केन्द्रित हुनु उचित हुन्छ ।’

तोकिएको समयमा शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले जिकिर गरे ।

चुनावमा सहभागी नहुने बताउँदै आएको एमाले पनि चुनावमा जान तयार रहेको उनले दाबी गरे ।

उनले भने, ‘एमाले हिजोसम्म चुनावमा नजाने भन्ने थियो तर हिजोबाट चुनाव नै हो भन्न थालेको छ ।’

पार्टी एकताको प्रसँगमा बोल्दै प्रचण्डले छलफल चलिरहेको तर निर्णय भइनसकेको बताए ।

एकता हुन नदिन केपी शर्मा ओली लागि परेको उनले आरोप लगाए ।

‘यो एकता नहोस् भनेर केपी ओलीलाई छटपटी भएर सबैतिर फोन गर्दै उल्टोपाल्टो भन्ने गर्नुभएको छ,’ उनले भने, ‘एकीकृत समाजवादीलाई मोआवादी र प्रचण्डसँग आत्मसमर्पण गरिसके, झोलीतुम्लो बाकेर प्रचण्डकोमा गए भनेर उहाँले ह्युमिलेट गर्न खोज्नुभएको छ । यता प्रचण्डले झण्डा चुनाव चिन्ह सबै छाड्यो भनेर उत्तेजित पार्न खोज्नुभएको छ ।’

एकताका लागि एकीकृत समाजवादी लगायतका दलहरूसँग छलफल भए पनि ठोस निर्णय नभएको उनले जानकारी गराए ।

चुनाव चिह्न र पार्टीको नामको विषयमा पनि निर्णय भइनसकेको उनले जिकिर गरे ।

प्रतिवेदन र विधान समेत नटुंगिएको उनले बताए ।

उनले भने, ‘प्रचण्डले आफूलाई ह्युमिलेट हुने गरी सबै चिज छाडेर किन भाग्नु परेको छ ! अनि माधवजीलाई पनि यता आएर आत्मसमर्पण किन गर्नु परेको छ र ? कसैलाई अपमान गर्ने गरी होइन सम्मानजनक एकता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?