+
+
Shares

ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो 

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते १६:४१

६ मार्च, अोमन ।  ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ ।

अनेस्टि ओभरसिज प्रा.लि.बाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।

करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर उनीहरुले दूतावाससँग नेपाल फर्काइदिन आग्रह गरेका थिए ।

उनीहरु काम गर्ने भनिएको कम्पनीबाट करिब १६५ किलोमिटर टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा रहेको थाहा पाएपछि दूतावासले उद्धार गरेको हो ।

समस्यामा परेका बाँकी ९ जना कामदारहरुको समस्या समाधान एवंम स्वदेश फिर्ताका लागि पनि दूतावासले प्रयास जारी राखेको जनाएको छ ।

पीडित नेपाली कामदारहरुलाई ओमनस्थित नेपाली समुदायले खान र बस्नको व्यवस्था गरेका थिए ।

साथै सम्बन्धित कम्पनीहरूलार्इ समेत कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।

नेपाल फर्किएका कामदारहरू 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?