Comments Add Comment

नेपालीहरुले पार्क फोहोर पारेपछि रिसाए अष्ट्रेलियाका मेयर

अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले गत सप्ताहन्तमा गरेको कार्यक्रममा जताततै फोहोर फालेर छोडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।

उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् ।

हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका थिए । त्यतिबेला नै उनीहरुले बाइसेन्टेनियल पार्कमा जताततै फोहोर फालिएको देखे ।

त्यसपछि इरेट रकडेलका बासिन्दाहरुले बेसाइड काउन्सीलमा यसको विषयमा उजुरी गरे । उनीहरुले केही स्थानीय मिडियालाई पनि लगेका थिए ।

‘पार्कको अवस्था देख्दा मलाई विरक्त लाग्यो । त्यहाँ घाँसभन्दा फोहोर धेरै थियो । ती सुँगुरहरुलाई अब आइन्दा पार्कमा छिर्न दिनु हुँदैन,’ रकडेल रेजिडेन्ट्स युनाइट फेसबुक साइटमा मार्क स्नेडोनले पोष्ट गरेका छन् । उनी आफ्नी छोरीको जन्मदिन मनाउन सो पार्कमा पुगेका रहेछन् ।

एक दिनअघि शनिबार सो स्थानमा नेपालीहरुले कार्यक्रम गरेको बुझिएको छ । उनीहरुमध्ये केही आइतबार सरसफाईमा सहभागी भएका थिए ।

मेयर साराभिनोभ्स्कीले भने, ‘म एकदमै निराश छु । वाषिर्क क्लीन अप अष्ट्रेलिया दिवसका दिन किन हाम्रो ठूलो पार्कलाई यस्तो रद्दी बनाएर छोडियो ?’

मेयरले सार्वजनिक स्थानहरुमा हुने ठूला कार्यक्रमहरुका लागि लिइने शुल्कमा तत्काल पुनरावलोकन गर्ने बताएका छन् । आयोजकहरुले पार्कलाई पहिलेकै अवस्थामा छोडेर हिँडेमा भने शुल्क फिर्ता दिन सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment