Comments Add Comment

प्रदिप र जसिताको रोमान्समा ‘लिलिबिली’ ट्रेलर, के पुरा गर्छ अपेक्षा ?


सार्वजनिक २ गीतले अपेक्षित चर्चा नपाएका कारण चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’को ट्रेलर प्रतिक्षामा थियो । लभ स्टोरी कथामा बनेको यो चलचित्रको ट्रेलर आज काठमाण्डौमा आयोजना गरिएको एक विशेष कार्यक्रममा सार्वजनिक गरियो ।

बेलायतको स्कटल्याण्ड र टर्कीको इस्तानबुलमा खिचिएको चलचित्रको ट्रेलरमा मुख्य कलाकार प्रदिप खड्का र नव–नायिका जसिता गुरुङको प्रेम, रोमान्स, विछोडलाई प्राथमिकता दिइएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा मिलनको पनि लगानी छ ।

चलचित्रमा प्रदिप र जसिताका अलवा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर अपेक्षा गरिएअनुसार निर्माण हुन सकेको छैन । चलचित्रलाई उत्कृष्ट लोकेशनमा खिचिएको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको भेट, रोमान्स, प्रेम, अनुप विक्रमको अवरोध र विछोडलाई ट्रेलरमा प्राथमिकता दिइएको छ । ट्रेलरमा प्रयोग गरिएका संवाद दर्शकलाई छुने खालका खासै छैनन् ।

यसअगाडि सार्वजनिक भएका २ गीत कमजोर भएपनि ट्रेलर पावरफूल हुने अपेक्षा गरिएको थियो । तर, ट्रेलरले पनि त्यो अपेक्षा पुरा गर्न सकेको छैन । नायक प्रदिप खड्काले कार्यक्रममा चलचित्रको लागि आफूहरुले निकै मिहिनेत गरेको बताएका छन् । आशा गरौ, प्रदिपले भनेअनुसार चलचित्र उत्कृष्ट बनेको छ । तर, चलचित्रको ट्रेलर कटिङमा अझै मिहिनेत गर्न सकिन्थ्यो । प्रदिप भारद्धाजको कथा रहेको चलचित्रमा सुदिप बरालको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment