+
+
Shares

हार्ने चुनाव किन लड्दैछ कांग्रेस ? शशांक भन्छन्- विद्या भण्डारीको नाममा असहमति दर्ज गर्न

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते १५:४८


२३ फागुन, काठमाडौं । चुनाव हारिन्छ भन्ने निश्चित छ । राष्ट्रिपति सबैको समान, सबैको संरक्षक पनि हो । सभामुख सबैको हो भन्ने सन्देश दिन उम्मेदवारी नदिने तर, सिंगो राष्ट्रको नेता’ राष्ट्रपतिमा चाहिँ किन उम्मेदवारी दिने ?

कांग्रेसमा यो मत बलियो थियो तर, बिहीबार विहान बसेको केन्द्रीय समितिको बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

मध्याहृन महामन्त्री शशांक कोइरालासहितका नेताहरुको उपस्थितिमा राईले उम्मेदवारी दर्ता गरिन् ।

आखिर हार्ने चुनाव किन लड्दैछ कांग्रेस ?

कांग्रेस महामन्त्री शशांक कोइरालाका अनुसार यदि वाम गठबन्धनले विद्या भण्डारीबाहेक अरु कसैलाई राष्ट्रपतिमा अघि सारेको भए कांग्रेसले उम्मेदवारी नदिन सक्थ्यो ।

तर, एमालेले भण्डारीलाई अघि सारेपछि आफ्नो असहमति जनाउन उम्मेदवारी दिएको भन्दै कोइरालाले भने, ‘राष्ट्रियसभा सदस्य मनोनयन लगायतमा उहाँले अभिभावकीय भूमिका खेल्न सक्नुभएन ।’

मंगगलबार मध्यरातमा सकिएको एमाले बैठकले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

हेर्नुस् भिडियो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?