+
+
Shares

तमोर र अरुणमा र्‍याप्टिङ्गको रौनक (७ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते १३:५२

२४ फागुन, इटहरी । र्‍याप्टिङ्ग सेवा प्रदायक भन्नासाथ पश्चिम नेपालका भोटेकोशी र त्रिशुलीमा र्‍याप्टिङ्ग गराँउने पोखरा र काठमाण्डौका कम्पनीहरू भन्ने नेपाली बुझाइ छ ।

पश्चिममा मात्रै हुने र्‍याप्टिङ्ग सुविधा दिने आधिकारिक कम्पनीहरु पूर्वमै आएपछि पूर्वमा साहसिक पर्यटनका पारखीलाई सहज भएको छ ।
खास गरी इटहरीको रिभर डीप र धरानको तमोर रिभर र्‍याप्टिङ्गले पूर्वमा र्‍याप्टिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

त्रिशुली र भोटेकोशीमा लामो समय र्‍याप्टिङ्ग गरेका इजाजत प्राप्त विभिन्न जल गाइडहरु भएका कम्पनीहरुले एक दिने धनकुटाको मुलघाटदेखि सुनसरीको चतार सम्मको तमोर र्‍याप्टिङ्ग प्याकेजको ३ हजार लिन्छन ।

लामो सयमको प्याकेजका अरुण तथा सुनकोशीको भने प्रत्येक दिन-रातको ६ हजारको दरले लिने कम्पनीहरू बताउँछन् ।

महिलाहरू अरुणमा तथा पुरुषहरू तमोरको जलयात्रा गर्न आँउने बताएको कम्पनीले तमोरमा र्‍यापिड (ठूलो छाल) धेरै र अरुणमा वेभ (लहर) बढी हुने बताएको छ ।

संचालकहरुका अनुसार मुलघाटदेखि चतरा सम्मको ३४ किलोमिटरको जलयात्रा करिब एक सय र्‍यापिड पास गर्दै ६ घण्टामा सम्पन्न गर्न सकिन्छ ।

माइनस चार डिग्रीको र्‍यापिड भएकोले पश्चिमका त्रिशुली र भोटेकोशी भन्दा तमोरको र्‍याप्टिङ्ग आनन्दित र साहसिक हुने सोही कम्पनीका अनुभवी गाइड निर्वाचन गुरुङ्गले बताए ।

पूर्वमै र्‍याप्टिङ्ग सेवा छ भन्ने थुप्रै मान्छेलाई थाहा नभएकोले अझै जलयात्रामा पश्चिम जाँने गरेको संचालकहरु बताउँछन् ।

‘तमोर, अरुण र सुनकोशीमा राम्रो प्रचार गरे सिमावर्ति भारतका विहार र पश्चिम बङ्गलाका पर्यटकहरू समेत ल्याँउन सकिने तमोर रेभर र्‍याप्टिङ्गका मदन ढकाल बताउँछन् ।

पूर्वका विश्व प्रसिद्ध र्‍याप्टिङ्ग नदीहरू अरुण, तमोर र सुनकोशीमा वर्षायाम बाहेक बाँकी सबै सिजनमा र्‍याप्टिङ्ग सञ्चालन हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?