+
+
Shares

कलाकार रोमा न्यौपाने पक्राउ, ३६ लाख ठगीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते २०:२५

२४ फागुन, काठमाडौं । एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् ।

उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो ।

चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार थिइन् ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन् ।

८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्न सक्छिन् । त्यही कारण उनले देशविदेशमा स्टेज शो कार्यक्रम समेत गरिन् ।

२०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?