+
+
Shares

प्रदेश २ को संसद बैठक आज

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २५ गते ११:३१

२५ फागुन, जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि डाकिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

आजको प्रदेशसभा बैठकका कार्यसूची कार्य व्यवस्था परामर्श समितिकाको बैठकले तय गर्ने सचिवालयले जनाएको छ ।

प्रदेश सभाका सभामुख संयोजक रहेको कार्य व्यवस्था परामर्श समितिको बैठक प्रदेशसभा बैठक अघि बस्ने प्रदेश संसद सचिवालयका उपसचिव रंजितकुमार यादवले जानकारी दिए ।

आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक लगायतले प्रवेश पाउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?